के सम्भव छ हर्क र बालेनले देखाएको राजनीतिक यात्रा ? [भिडियाेसहित]

के सम्भव छ हर्क र बालेनले देखाएको राजनीतिक यात्रा ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

यतिबेला जनप्रतिनिधिको नाम लिँदा सबैभन्दा पहिला आउँछ, बालेन शाह र हर्क साम्पाङ । काठमाडौं महानगरका मेयर शाह र धरान उपमहानगरका मेयर साम्पाङ आफ्नै कर्मले चर्चामा आएका हुन् । काठमाडौं महानगरको सौन्दर्य सुधारमा लागेका बालेन र धरानबासीलाई खानेपानीको जोहो जसरी पनि गर्ने अभियानमा रहेका हर्क, आफ्नो कार्यमा सफल भए नगरबासीले मात्रै हैन नेपाल भरी नै अमर हुनेछन् । 

चिटिक्क परेर कार्यालय गएपछि कर्तव्य पूरा हुन्छ भन्ने ठानेका दलका कतिपय मेयरहरु बालेन र हर्कको यो प्रयासलाई नौटंकी भनिरहेका छन् । सस्तो लोकप्रियका लागि गरिएको काम भनिरहेका छन् । त्यही भएर असफल हुने छुट स्वतन्त्र यी दुई मेयर बालेन र हर्कलाई छैन । धरानमा हर्कले गरेको विकासको सुरुवात र काठमाडौंका मेयरले गरेको रुपान्तरणको सुरुवात जनमानसमा फैलिरहेको छ । 

काठमाडौं महानगरको सौन्दर्य सुधारमा लागेका बालेन र धरानबासीलाई खानेपानीको जोहो जसरी पनि गर्ने अभियानमा रहेका हर्क, आफ्नो कार्यमा सफल भए नगरबासीले मात्रै हैन नेपाल भरी नै अमर हुनेछन् । 

यतिबेला नागरिक तहबाट सबैभन्दा बढि आलोचना पोखरा महानगरले खेपेको छ । गठबन्धन दलहरूबाट विजयी मेयर धनराज आचार्यका आलोचना स्थानीय मिडियामा मात्र सीमित छैनन्, सामाजिक सञ्जालमा पनि पूर्ण रुपले फैलिरहेको छ । अरु पालिकाका मेयरहरु पनि सबै गुमनाम जस्तै भएका छन् । 

धरान र काठमाडौंका मेयरको चर्चा चिया पसलदेखि सिंहदरबारसम्म छ । अझ उनीहरुले विदेशमा समेत चर्चा कमाउन भ्याइसकेका छन् । केही दिन अघि मात्र पनि धरानका मेयर हर्क साम्पाङ करिब ४२ किमी टाढाबाट पानी ल्याउन सफल भए । बालेन पनि काठमाडौंमा आफ्नो कार्य गर्न छाडेका छैनन् । केही दिन अघि मात्र उनले नियम विपरीत सञ्चालन भएका शैक्षिक संस्था बन्द गराए । हस्पिटलमा निशुल्क शैयाको व्यवस्था गरे । यतिमात्र होइन निशुल्क एम्बुलेन्सको पनि व्यवस्था गरे । त्यसछि त उनी झनै सबैको नजरमा हिरो भए । 

हर्क साम्पाङले धरानमा खानेपानीको आवाज उठाएको अहिले भने पक्कै होइन । उनको विगतलाई अध्ययन गर्ने हो भने लामो समयदेखि उनले यउनले धेरै पहिले सपना देखेका थिए । उनी जुन उद्देश्यले जनप्रतिनिधि बन्न चाहन्थे, त्यही विगतलाई टेकेर उनले आफ्नो लक्ष्य पुरा गरेका गरे । सरकारको बजेटविना नै काम गरेर देखाए उनले । 

चिटिक्क परेर कार्यालय गएपछि कर्तव्य पूरा हुन्छ भन्ने ठानेका दलका कतिपय मेयरहरु बालेन र हर्कको यो प्रयासलाई नौटंकी भनिरहेका छन् ।

यता काठमाडौंका मेयर बालेनको नियति पनि उस्तै । टुकुचा सफा गर्नेदेखि पार्किङ व्यवस्थापनसम्म, शहरको सौन्दर्यीकरणदेखि डम्पिङ साइटको सुविधासम्मका कामहरूमा बालेनलाई कुनै दलले साथ दिएनन् । कति मिडया त उनको पछि नै लागे । 

पुराना दलहरूले बालेनको कामलाई खाँसै चासो दिएका छैनन् । दलहरूको रवैयाप्रति बालेनले उही धरानका मेयर जस्तै सामाजिक सञ्जालमा आक्रोश पोख्दै आएका छन् । उनले सरकार देखि लिएर नीजि विद्यालय कसैलाई छाडेका छैनन् । साच्चै भन्ने हो भने बालेनले दशकदेखिको माकुराको जालो सफा गरिरहेका छन् । तर, कोही मानिस भने बालेनको बिरोधमा उत्रिएका छन् मानौं उनीहरुलाई त्यहीँ पहिलाको नरकजस्तो ठाउँ नै ठिक  । 

बालेनले दशकदेखिको माकुराको जालो सफा गरिरहेका छन् । तर, कोही मानिस भने बालेनको बिरोधमा उत्रिएका छन् मानौं उनीहरुलाई त्यहीँ पहिलाको नरकजस्तो ठाउँ नै ठिक  । 

बालेनले जसरी आफ्नो कर्तव्य गरिरहेका छन्, त्यसरी नै राज्यका सबै अंगले काम गर्ने हो भने न यहाँ कुनै व्यवसायको ठेला फाल्न जरुरी छ, न यो शहर नरकजस्तो हुन्छ । आज, धरानका मेयर हर्कले खानेपानी ल्याउन पाइप ताने, शहरका बिरुवा मर्न नदिन पानी हाले, बाटोबाटोमा खुर्सानी रोपे, सडकका फोहोर आफैँले टिपे भने काठमाडौंका मेयर बालेन आफैँ पार्किङ खाली गर्न कुदे । 

हर्क र बालेनले निभाएका भूमिकाले मानिसका लागि सबै काम हुन् । सोच विचार मात्र फरक हो भन्ने कुरा प्रस्ट्याएको छ । सोच र विचारले मात्र सानो ठूलो हुने हो भन्ने तरंग फैलाइदिएको छ । 

Logo