जताततै मेयर बालेनको चर्चा ! [भिडियाेसहित]

जताततै मेयर बालेनको चर्चा ! [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

यतिबेला काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चर्चा यत्रतत्र छ । महानगरभित्र बनेका अनाधिकृत संरचनामा डोजर चलाउने अभियानले बालेनको चर्चा सुरु भएको हो । मेयर शाहले डोजर अभियानमा अनाधिकृत रुपमा बनाइएका ठुला घरानाको संरचना नै भत्काएका छन् । जसका मुख्य उदाहरण हुन्- काठमाडौं मल, अल्फाविटा र आरवी कम्प्लेक्स । 

पछिल्लो समय उनले एकपछि अर्को काम गरेर चर्चा बटुलिरहेका छन् । उनले विवादित चलचित्र प्रर्दशन चल्न नदिनेदेखि एयरपोर्टमा नक्सा पास बिना बनेको नागरिक उड्डयन प्राधिकरणको भवनमा ताला लगाउनेसम्मका कार्य गरे । गत शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत बालेनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने  शब्दमाथि आपत्ति जनाएका थिए । उनले जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सो शब्द सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए । उक्त घोषणाले नेपालमा मात्र होइन विदेशी च्यानलमा पनि उनको ब्यानर न्युज बन्यो । 

उनले जबसम्म नेपालमा मात्र नभई भारतमा पनि ‘आदिपुरुष’मा समावेश सो शब्द सच्चिँदैन तबसम्म काठमाडौँ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।

त्यस्तै, बिहीबार नै काठमाडौं महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान एडु फेयर २०२३ शैक्षिक मेला बन्द गरायो त्यो पनि सुरु भएकै दिन । यद्यपि मेला बन्द नगराउन उच्च अदालतले काठमाडौं महानगरको नाममा अन्तरिम आदेश दिएको छ ।  

केही दिन अगाडी बालेनकै आदेशमा एयरपोर्ट सिनामंगलको सरकारी भवनको नक्सा पास नभएको भन्दै ताला लगाइयो । नेपाल उड्डयन प्राधिकरणलाई महानगरले पत्र लेख्दै नक्सा पास गर्न गराउन अनुरोध गरेको छ । सहरी व्यवस्थापन विभागका प्रमुख सुरज शाक्यले लेखेको पत्रमा भवन निर्माण सम्बन्धी नियम पालना गरेको प्रमाण पेश गर्न पनि भनिएको छ ।

मापदण्डमा पुग्ने तर नक्सा पास नगरेका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिका भवन नक्सा पास प्रक्रियामा आउन महानगरले पहिलो पटक २०७९ भदौ २३ गते ९० दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको थियो । त्यस्तै, चैतमा बालेनले १४ वटा मन्त्रालयसँग भएका घटना प्रस्तुत गर्दै चैतमा सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका थिए । महानगरले आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयमा काम गर्न समन्वय र सहयोग माग्दा संघीय सरकारले बेवास्ता गरेकाले यस्तो कदम चाल्नुपरेको उनको भनाई थियो । उनले चालेको सिंहदरबार, बालुवाटार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने कदम त सर्वोच्च अदालतसम्म पुग्यो ।

बानेश्वर, सुन्धारा, इन्द्रचोकलगायतका क्षेत्रमा फुटपाथमा हुने व्यवसायलाई रोक्दै महानगरले पैदल यात्राका लागि सहज बनायो ।

फुटपाथ व्यवस्थापनको विषयमा पनि बालेनले चालेको कदमको चर्चा भयो । बानेश्वर, सुन्धारा, इन्द्रचोकलगायतका क्षेत्रमा फुटपाथमा हुने व्यवसायलाई रोक्दै महानगरले पैदल यात्राका लागि सहज बनायो । सुन्धारा, न्युरोड, बानेश्वर, कोटेश्वरलगायतका क्षेत्रमा फुटपाथमा व्यवसाय गर्नेहरुलाई महानगरले कडाइका साथ हटायो । कतिपय अवस्थामा महानगरको प्रशंसा भयो भने कतिपय अवस्थामा सडकका मान्छेलाई गरि खान नदिएको भन्दै आलोचना भयो । तर, आफ्नो कदमबाट उनी कहिले पछि हटेनन् । 

त्यस्तै, मंसिर १२ मा महानगर प्रशासन थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर लिएर पुगेको थियो । तर, बस्तीका सर्वसाधारणले आन्दोलन गरे । सुकुम्बासी बस्ती हटाउन थापाथलीमा पुगेको महानगरको टोलीमाथि नै आक्रमण भयो ।

महानगरको नेतृत्वमा आएसँगै बालेनले प्रशंसा बटुलेको अर्को काम भनेको फनपार्कको करको विषय पनि हो । प्रदर्शनी मार्गस्थित काठमाडौं फन पार्क प्रालिलाई कर तिर्न महानगरले २४ घण्टे अल्टिमेट दिएको थियो । लामो समयदेखि कर नतिरेको फनपार्कले २४ घण्टाको अल्टिमेटम दिएपछि १७ लाख ३७ हजार रकम बुझायो । सात वर्षदेखि सञ्चालनमा आएको फनपार्कले पहिलो पटक महानगरलाई कर तिरेको हो । 

पछिल्लो समय भने मेयर बालेनले हिन्दी फिल्म 'आदिपुरुष' नेपालमा ब्यान्ड गरेपछि चर्चा परिचर्चा कमाएका छन् । 

Skip This
Skip This
Logo