केन्द्रबिन्दु एक्सप्रेसः संसदमा प्रधानमन्त्रीको भावुक सम्बोधन, आफ्नै भनाईप्रति मागे माफी [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः संसदमा प्रधानमन्त्रीको भावुक सम्बोधन, आफ्नै भनाईप्रति मागे माफी [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसदमा देखिएको गतिरोध अन्त्य गर्न सहमत भएको छ। सोमबार दिउँसो बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र संसदको अवरोध हटाउने निर्णय गरेको हो। सिंहदरबारमा तिन दलका प्रमुखबिच भएको छलफलमा संसदको अतिरोध अन्त्य गर्न सहमति जुटेको थियो। 

प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको स्पष्टीकरण दिएका छन्। आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गरेपछि उनले सोमबार स्पष्टीकरण दिएका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको स्पष्टीकरण दिएका छन्।

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले खानेपानी श्रमदान अभियान अन्तर्गत असार २१ गते सम्म जुटेको रकम र खर्चको हिसाब सार्वजनिक गरेका छन्।धरान खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न दाताहरुबाट नगद र जिन्सी गरेर ७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँ संकलन भएको हिसाब राईले सार्वजनिक गरेका छन्।

सोमबार देशभरका सरकारी खाता रोक्का गरिएको छ। महालेखा नियन्त्रकको कार्यालयले गएराति १२ बजेदेखि संघ, प्रदेश र स्थानीयतहको खाता रोक्का गरेको हो। गएराति १२ बजेदेखि प्रदेश र स्थानीयतहको यो आर्थिक वर्षको कारोवार बन्द भएको छ।

गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका १२ जनालाई प्रहरीले  सोमबार सार्वजनिक गरेको छ।उनीहरूले भन्सार छली गर्दै सुन ल्याएको आरोप छ।

जिल्ला सरकारी वकिलकार्यालय काठमाडौंले सट्टेबाजी गर्ने वेबसाइट तथा एप्लिकेसन ’वानएक्स बेट’को प्रचार गरेको अभियोगमा पक्राउ परेका हास्यकलाकार मरिचमान श्रेष्ठ, राजु पौडेल लगायतविरुद्ध मुद्दा दर्ता गरेको छ। एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको माग दाबीसहित कलाकारविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो। 

विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ११खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार, जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७प्रतिशत बढी हो। 

कारोवार हुने साताको दोस्रो दिन नेपाल स्टक एक्चेञ्ज नेप्से परिसूचक झिनो अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८ शून्य अङ्कले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ विन्दुमा सीमित भएको छ। 

श्रीलङ्कामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा भाग लिन नेपाली क्रिकेट टोली सोमबार श्रीलङ्का प्रस्थान गरेको छ।

उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिँदै कोरियाली प्रायद्वीप नजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको निन्दा गरेको छ।अमेरिकी जासूसी विमानहरूले यस महिना लगातार आठ दिनमा ‘उत्तेजक’ उडानहरू गर्दै आएका छन्। 

धरान खानेपानी व्यवस्थापन बोर्ड र विभिन्न दाताहरुबाट नगद र जिन्सी गरेर ७ करोड ४ लाख १८ हजार ६ सय ३२ रुपैयाँ संकलन भएको हिसाब राईले सार्वजनिक गरेका छन्।

श्रीलङ्कामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा भाग लिन नेपाली क्रिकेट टोली सोमबार श्रीलङ्का प्रस्थान गरेको छ। नेपाल क्रिकेट सङ्घ(क्यान) ले सोमबार नै खेलाडी टोलीको बिदाइ गरेको हो। टोलीलाई यूवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले बिदाइ गरेका हुन्।

Logo