कलाकार सारुक ताम्राकारको मृत्यु शंकास्पद, दोषीलाई कठघरामा उभ्याउन कलाकार संघको माग [भिडियाेसहित]

कलाकार सारुक ताम्राकारको मृत्यु शंकास्पद, दोषीलाई कठघरामा उभ्याउन कलाकार संघको माग [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

गत असार २१ मा काठमाडौंको रातोपुलस्थित आफ्नै घरको भुइँ तलामा अभिनेता सारुक ताम्राकार मृत अवस्थामा भेटिएका थिए।

रानी, इन्टु मिन्टु लन्डनमा, मेरी मामुजस्ता चलचित्रमा मुख्य भूमिका निभाइसकेका अभिनेता सारुक ३३ वर्षको उमेरमै संसारबाट विदा भएका छन्। तर अभिनेता सारुकको मृत्युबारे अहिले चौतर्फि आलोचना हुन थालेको छ। उनको मृत्युलाई यतिबेला शंकास्पद रूपमा हेर्न थालिएको छ। 

अभिनेता सारुकको मृत्यु प्रकरणको न्यायिक छानबिनका लागी चौतर्फी दबाब बढीरहेको छ। तर उता प्रहरी चाँही अझै ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट आउन अझै केहिदिन लाग्ने भन्दै परीक्षण रिपोर्ट कुरिरहेको छ। 

रातको ११ बजे आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका सारुकको मृत्युबारे यतिबेला नेपाल चलचित्र कलाकार संघले कारण खोज्न थालेको छ। मृत्यु भएको ११ दिन भईसक्दा पनि सारुकको आत्महत्याको कारण नखुलेपछि ‘के कारण उनले आत्महत्या गरेका हुन्?’ भन्दै कलाकारहरुले प्रश्न उठाएका छन्।

सारुकको निधनलाई लिएर चलचित्र उद्योगका सबै पेशाकर्मीहरू शसंकित भइरहेको र यो घटनाको न्यायिक छानबिन हुनुपर्दछ भन्ने आवाज उठिरहेकोले गहिरो छानबिन गरी सत्य तथ्यलाई प्रकाशमा ल्याउन आग्रह गरिएको छ।

रातको ११ बजे आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका सारुकको मृत्युबारे यतिबेला नेपाल चलचित्र कलाकार संघले कारण खोज्न थालेको छ।

साथै ताम्राकारले अभिनय गरिरहेको चलचित्रका जिम्मेवार सदस्यले समेत चलचित्रको छायाँकनको क्रममा भएका घटनाबारे बोलेकाले यसबारे पनि छानिबन गरेर दोषीउपर कारबाहीको माग गरिएको छ।

अभिनेता सारुकको मृत्यु प्रकरणको न्यायिक छानबिनका लागी चौतर्फी दबाब बढीरहेको छ। तर उता प्रहरी चाँही अझै ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट आउन अझै केहिदिन लाग्ने भन्दै परीक्षण रिपोर्ट कुरिरहेको छ। 

Logo