नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्यबनाउने कार्ययोजना अघि सारेको छ ।काँग्रेस केन्द्रीय समिति बैठकमा साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्यबनाऊँ’अभियानचलाउने योजना प्रस्तुत गरेका हुन्।
मिटरब्याज पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधन गरे पनि संघर्ष समितिले उक्त कानुनले समेत मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेकाछन्।
पटक पटक स्थगित हुँदै आएको राष्ट्रियसभा बैठक साउन ४ गते बिहीबार बस्ने भएको छ। गत आइतबार अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो तर मंगलबार एक सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ।
जारी केन्द्रीय समिति बैठकमा अनुशासन समितिका संयोजक तथा कांग्रेस नेता आनन्द ढुंगानाले ४६ जिल्लाबाट २१ सय उजुरी परेको बताएका हुन्।
आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्क सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख गरेको छ।
काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै नेपाली चलचित्र बगानलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।महानगरपालिका क्षेत्रमा जथाभाबी रूपमा फिल्मको पोस्टर टाँसिएको भन्दै निर्माण संस्था नेपाली वेबसाइट मिडिया हाउस प्रा.लिलाई महानगरले उक्त जरिवाना तिराएको छ।
त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका २६ वर्षीय मानबहादुर विगत ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन्।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मंगलबार मलेसियाको क्वालालम्पुर–काठमाडौँ उडाने क्रममा रहेको अको घटना छानबिन गर्न २ सदस्यीय छानबिन उपसमिति गठन गरेको छ। जहाज मंगलबार काठमाडौँ फर्किने बेला ककपिटमा अक्सिजनको लेभल कम भएसँगै उडान सेड्युल प्रभावित हुन पुगेको थियो।
काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै नेपाली चलचित्र बगानलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।
नेपाली कांग्रेसको अनुशासन समितिमा २१ सय उजुरी परेका छन्। गत निर्वाचनमा घात,अन्तर्घात,बागी उम्मेदवार लगायतका घटनामा सो संख्यामा उजुरी परेका हुन्। जारी केन्द्रीय समिति बैठकमा अनुशासन समितिका संयोजक तथा कांग्रेस नेता आनन्द ढुंगानाले ४६ जिल्लाबाट २१ सय उजुरी परेको बताएका हुन्।
काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट भएको छ। स्वीट्जरल्याण्डको लुगानो शहरमा नोभेम्बर ३ देखि ५ तारिखसम्म कार्यक्रम आयोजना हुने छ। आयोजकले उक्त अवार्ड कार्यक्रममा काठमाडौं महानगर पनि छनोटमा परेको पत्र महानगरलाई पठाएको छ।
नेप्से परिसूचक आज पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ।
खडेरीका कारण अफ्रिकाका करिब २७ लाख मानिस विस्थापित भएका छन्। राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमालियामा १७ लाख, इथियोपियामा ५ लाख १६ हजार र केन्यामा ४ लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएका हुन्।
स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तान चुनिएका छन्। नेपाल भलिबल संघको सोमबार बसेको कार्यसमिति बैठकले मानबहादुरलाई कप्तानको जिम्मेवारी सुम्पने निर्णय गरेको हो। त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका २६ वर्षीय मानबहादुर विगत ८ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका छन्।





























प्रतिक्रिया