प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो आइतबार इटाली जानुहुने भएको छ। बुधबार बहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री प्रचण्डको आइतवारदेखि हुने भ्रमणलाई स्वीकृत गरेको छ।
महानगरले अनधिकृतरूपमा बनाइएको संरचना भन्दै आज बुधबारदेखि भद्रकुमारी घले सेवा सदन भत्काएको हो।
काठमाडाैँ महानगरपालिकाले भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ। महानगरले अनधिकृतरूपमा बनाइएको संरचना भन्दै आज बुधबारदेखि भद्रकुमारी घले सेवा सदन भत्काएको हो। त्यस्तै उच्च अदालत पाटनले भने सदन भत्काएपछि नभत्काउन अल्पकालीन आदेश दिएको छ। उक्त सदनमा भद्रकुमारी घलेले अनाथ, असहाय,अशक्त बालबालिका,महिला,ज्येष्ठ नागरिकलाई यही भवनमा आश्रय दिँदै आएकी छन्।
काठमाडाैँकाे सिनामङ्गलमा शङ्कास्पद वस्तु राखेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सिनामङ्गल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको शटर अगाडि बुधवार बिहान शङ्कास्पद वस्तु फेला परेको थियो। नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तु निष्क्रिय पार्दै बम नभएको पाइएको छ।
नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई एविरुद्ध जित हात पारेको छ। बुधबार भएको अन्तिम खेलमा नेपालले युएईमाथि ३ विकेटको पहिलो जित हात पारेको हो।
सिसडोल र बञ्चरेडाँडा क्षेत्रको समस्या समाधान गर्न सहरी विकास मन्त्रालयले तदारूकता देखाए पनि काठमाडौं उपत्यकाको फोहोर भने तत्काल विसर्जन नहुने भएको छ। बुधबार आन्दोलनरत बञ्चरेडाँडा–सिसडोलवासीसँग सहरी विकास मन्त्रालयमा छलफल भएको थियो। छलफलले ठोस समाधान दिन नसकेको र आइतबार बस्ने उपत्यकाका मेयर फोरमको बैठकपछि मात्रै टुंगो लाग्ने बताएको छ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई अध्यागमन विभागले फिर्ता पठाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संस्थागत श्रम स्वीकृति लिई कुवेत र जोर्डन जान लागेका एक सय ५६ जना नेपाली नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले रोक लगाउँदा उनीहरूको अधिकार उपयोगमा प्रभाव परेको भन्दै आयोगले ध्यानाकर्षण भएको जनाएको हो।
सोमबारबाट सुरु भएको सुनुवाइ बुधबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बिहीबारका लागि पेशी तोकिएको हो।
नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ। अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो। डेङ्गी नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले वार्षिक कार्ययोजना बनाइ ७७ वटै जिल्लामा कार्यान्वयनका लागि पठाइसकेको छ।
ललिता निवास प्रकरण बन्दी प्रत्यक्षीकरणको रिट बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ। सोमबारबाट सुरु भएको सुनुवाइ बुधबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बिहीबारका लागि पेशी तोकिएको हो।
आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ।अधिवक्ता अनिल आचार्य र राधिका खतिवडा तथा नन्दराज उपाध्याय र श्यामबहादुर ढकालले यसअघि आलोचित भएको कार्यक्रम राखिएको भन्दै खारेजीको माग गरेका हुन्।
लगातार पाँचौँ दिन आज बुधवार पनि शेयर बजार बढेको छ। शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ विन्दुमा पुगेको छ।
अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञले लोकप्रिय एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन्। चिनियाँ सरकारको स्वामित्वमा रहेको टिकटकले चिनियाँ सरकारलाई स्थान,बायोमेट्रिक पहिचानकर्ता र ब्राउजिङमा पहुँच दिने तथा प्रयोगकर्ताको जानकारी पुर्याउने गरेको छ।
नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा युएई एविरुद्ध जित हात पारेको छ। बुधबार भएको अन्तिम खेलमा नेपालले युएईमाथि ३ विकेटको पहिलो जित हात पारेको हो। श्रीलङ्काको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा यूएईले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्न सफल भएको छ।





























प्रतिक्रिया