काठमाडौं मोडल कलेज (केएमसी) बागबजारका क्यामपस प्रमुख सुरेन्द्र सुवेदीले गुणस्तरीय शिक्षाभन्दा नेपालमा गुणस्तरहीन शिक्षा महंगो भएको बताएका छन् । केन्द्रबिन्दु शिक्षा संवादसँगको कुराकानीमा उनले नेपालमा शिक्षा महंगो हुँदै गएपनि अन्य केही देशहरुको तुलनामा भने सस्तो भएको दाबी गरे ।
प्रमुख सुवेदीले निजी विद्यालयभन्दा सामुदायिक विद्यालय नै बढी महंगो हुने गरेको जिकीर गरे । केही समय अगाडि आफैले गरेको सर्वेक्षण अनुसार उनले नेपालबाट विद्यार्थीहरु बाहिरिनुमा शिक्षाका लागि मात्र नभई रोजगारी पनि प्रमुख कारण रहेको बताए । विदेशीले नेपालमा नै आएर विश्व विद्यालय खोले पनि विद्यार्थीहरु विदेशिने क्रम नरोकिने उनको तर्क थियो ।





























प्रतिक्रिया