रोनाल्डो र मेस्सीबीच होडबाजी, साउदी प्रो लिग र एमएलएसमा कुन उत्कृष्ट ? [भिडियाेसहित]

रोनाल्डो र मेस्सीबीच होडबाजी, साउदी प्रो लिग र एमएलएसमा कुन उत्कृष्ट ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

साउदी क्लब अल नासरमा आबद्ध पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले हालै अर्जेन्टाइन स्टार मेसी आबद्ध अमेरिकी फुटबल लिग ‘एमएलएस’ भन्दा साउदी लिग धेरै अर्थमा राम्रो भएको बयान दिएका छन् । रोनाल्डोको उक्त बयानपछि अहिले इन्टरनेटमा साउदी प्रो लिग राम्रो की अमेरिकी ‘एमएलएस’ लिग राम्रो भन्ने चर्को बहस चलिरहेको छ । 

एकवर्षअघि यदि यही प्रश्न सोधिएको भए सायद कसैलाई पनि यो विषयप्रति चासो हुने थियो होला । तर अहिले साउदीसँग रोनाल्डो र अमेरिकासँग मेस्सी छ । सोही कारण मेस्सी र रोनाल्डोमध्ये सर्बोत्कृष्ट खेलाडी को हुन् ? भन्ने प्रश्न तेर्सिएझैँ अहिले यी दुई खेलाडी खेल्ने लिगमध्ये सबैभन्दा उत्कृष्ट लिग कुन होला भन्ने प्रश्न मानिसमा धेरैको मनमा उब्जिन थालेको छ । दुबै स्टारका समर्थकहरुले आ–आफ्नो तर्क वितर्कहरु प्रस्तुत गर्दै आफ्नो स्टारलक्षित लिगलाई राम्रो र नराम्रो भनि बताइरहेका छन् । 

तर के साँच्चै रोनाल्डोले भनेझैँ साउदी प्रो लिग अमेरिकन ‘एमएलएस’ लिग भन्दा निकै राम्रो लिग हो त ? हेरौँ तथ्य र तथ्याङ सहितको एक रिपोर्ट–

१. खेलाडीको गुणस्तर
यो त्यो पक्ष हो जहाँ अमेरिकी लिग सबै पछि पर्दै आएको छ । अहिलेसम्मको इतिहास हेर्ने हो भने अमेरिकी लिग ‘एमएसएल’ ले करियरको अन्त्यमा रहेका स्टार खेलाडीहरुलाई मात्र आफ्नो लिगमा भित्राइरहेको छ । यस्तै अमेरिकी लिगले मेसीलाई भित्राएपछि अहिले चुपचाप बसिरहेको छ । उसले अन्य स्टार खेलाडीहरुलाई भित्राएर खेल क्षेत्रमा विकास गर्नतिर ध्यान दिएको छैन्, तर यही सन्दर्भमा साउदी प्रो लिग केही भिन्न छ । साउदीले आफ्ना खेलाडीहरुको भविष्य निमार्णका निम्ती पछिल्लो समय खेलकुदमा निकै लगानी गरिरहेको छ । यसैको ज्वलन्त उदाहरण हामी रोनाल्डो, बेन्जेमा र साडियो माने जस्ता स्टार खेलाडीलाई आफ्नो लिगमा भित्राउनुलाई मान्न सकिन्छ । 

साउदीले आफ्ना खेलाडीहरुको भविष्य निमार्णका निम्ती पछिल्लो समय खेलकुदमा निकै लगानी गरिरहेको छ ।

साउदीले आफ्नो खेलाडीको समग्र विकासका निम्ती विदेशी लिगबाट अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त खेलाडीहरुलाई भित्र्याएर उनीहरूलाई देशभित्रकै खेलाडीहरुसँग खेलाएर फुटबलसँग सम्बन्धित अन्तराष्ट्रिय अनुभव दिइरहेको छ । यसैगरी साउदीले खेलाडीहरुको विकासका निम्ती विदेशमा रहेका खेलाडीहरुलाई राम्रो जिवनशैली र पैसाको लोभ देखाउँदै आफ्नो देशका निम्ती खेल्न फकाउँदै आएको छ । 

साउदीले केही समययता स्टार खेलाडी बनाउनका निम्ती तल्लो स्तरबाटै राम्रो खेलाडीहरुलाई विभिन्न क्लबहरुमा लिएर खेलाडीको क्षमता बढाउने कार्यमा अहोरात्र खटिरहेको छ ।

२. तल्लो तहबाटै खेलाडीको विकास
साउदी लिगझैं चाइनिज सुपर लिगले पनि खेलाडीहरूलाई अत्यधिक पारिश्रमिक दिँदै विदेशी खेलाडीहरुलाई अनुबन्धको प्रस्ताव ग-यो तर चाइनिज लिग साउदी लिग झै दिगो भएन । रिपोर्टका अनुसार साउदी प्रो लिग सफल हुनुको एक प्रमुख कारण साउदीले अन्तराष्ट्रिय खेलाडी भित्राए पनि आफ्नो स्टार खेलाडी उत्पादनमा निकै जोड दिएको छ । साउदीले केही समययता स्टार खेलाडी बनाउनका निम्ती तल्लो स्तरबाटै राम्रो खेलाडीहरुलाई विभिन्न क्लबहरुमा लिएर खेलाडीको क्षमता बढाउने कार्यमा अहोरात्र खटिरहेको छ । साउदीले अन्तर्राष्ट्रिय बजारबाट ख्याती प्राप्त खेलाडीहरु किनेर मात्र हुन्न भन्ने बुझेकाले उसले बाहिरबाट खेलाडीहरु किनेर ल्याएता पनि तल्लो तहबाटै खेलाडीको विकासका लागि ठोस लगानी गरिरहेको छ । 

३. दर्शक र विश्वव्यापी ध्यान
एमएलएस सन् १९७९ र साउदी प्रो लीग १९९३ मा स्थापित दुई सफल लिग हुन् । यी दुई लिग स्थापनामा १४ वर्षको ग्याप रहेता पनि साउदी लिग एमएलएस भन्दा  धेरैहदसम्म राम्रो छ । अहिले जसरी साउदीले एकपछि अर्को अन्तर्राष्ट्रिय स्तरको खेलाडीहरु आफ्नो लिगमा भित्राइरहेको छ त्यो गतिलाई हेर्ने हो भने अबका वर्ष साउदी प्रो लिगमा विश्वकै व्यापी आफूमा केन्द्रित हुने फिक्स छ । यती मात्रै होइन । एमएलएससँग साउदी प्रो लिगमा जस्तो राम्रो दर्शक संख्या पनि छैन । एक रिपोर्टका अनुसार सन् २०२२ मा एमएलएसको औसत दर्शक संख्या ३४,३०० मात्र थियो । तर साउदी प्रो लिगको बारेमा यसै भन्न सकिँदैन । 

रोनाल्डोकोसँगको हस्ताक्षर, मार्केटिङ र साउदी प्रो लिगप्रति रोनाल्डो जोडिएपछि साउदीप्रति विश्वव्यापी रुपमा चर्चा चल्न सुरु भएको छ । रोनाल्डो साउदी प्रो लिगमा जोडिएपछि विश्वभरमा प्रसारणका लागि मात्रै ५० भन्दा बढी टिभी च्यानलहरुले प्रसारण अधिकार किनेको थियो । यसैबाट हामी के थाँहा पाउन सक्छौं भने साउदी लिगको क्रेज अमेरिकी लिगभन्दा धेरै रहेको छ ।  

४. प्रशंसकको तथ्याङ्क
राम्रो खेलाडी खरिद गरेर केवल विश्वव्यापी दर्शक संख्या बढाउन सकिएला । यद्यपि, स्टेडियमै उपस्थिति भएर खेल हेर्ने मानिसहरु कति छन् भन्ने कुराले धेरै महत्व राख्छ । यो पक्षमा भने एमएलएसले साउदी लिगलाई सहजै उछिन्नेको छ । पछिल्लो तथ्याङ्क अनुसार सन् २०२३ को सिजनमा एमएलएसमा दर्शकको कुल संख्या वार्षिक ७० लाख थियो । अर्थात एक खेलमा २१ ह्जार ९८१ जनाले भाग लिएका थिए । 

स्टेडियमै उपस्थिति भएर खेल हेर्ने मानिसहरु कति छन् भन्ने कुराले धेरै महत्व राख्छ । यो पक्षमा भने एमएलएसले साउदी लिगलाई सहजै उछिन्नेको छ ।

यही तस्विर साउदी अरेबियाको हकमा निकै डरलाग्दो छ । पहिलो साउदीमा अमेरिकाको दाँजोमा राम्रो पूर्वाधार छैन । जम्मा १६ वटा टोलीहरू मात्रै छन् । त्यसमध्ये सात वटा रंगशाला २० हजारभन्दा कम क्षमताका छन् भने तीनवटा रंगशाला १० हजारभन्दा कम क्षमताका छन् । त्यसमा पनि अधिकांश रंगशाला आधामात्र भरिएका हुन्थ्यो । यसरी हेर्दा साउदी लिग अमेरिकी लिगभन्दा धेरै अर्थमा राम्रो लिग हो । साउदी लिगले पछिल्लो समय गर्दै आइरहेको परिवर्तनहरुलाई हेर्ने हो भने साउदी लिए एक दिन विश्वकै उत्कृष्ट लिगहरुमध्ये एक लिग हुने पक्का छ । 

Skip This
Skip This
Logo