युनाइटेड एकेडेमीका प्रिन्सिपल डा. लाल रापचाले सरकारले शिक्षामा निजी क्षेत्रलाई प्राथमिकतामा नराख्नु मुख्य कमजोरी भएको बताएका छन् ।
शिक्षामा निजी क्षेत्रको योगदान ८० प्रतिशत रहे पनि सामुदायिक विद्यालयलाई मात्र प्राथमिकता दिनु गलत भएको प्रिन्सिपल रापचाको भनाइ थियो । केन्द्रबिन्दु शिक्षा संवादमा कुरा गर्दै उनले शिक्षा धेरै देशमा निःशुल्क भए पनि नेपालमा शिक्षा दिनप्रतिदिन महंगो हुँदै जानु सरकारको कमजोरी भएको दाबी गरे ।
विद्यालयमात्रै नभई विश्वविद्यालयहरु नै राजनीतिको मारमा परेको बताउँदै उनले राजनीतिबाट मुक्त नगरेसम्म नेपालको शिक्षामा परिर्वतन नआउने बताए । सरकारले सामुदायिक विद्यालयमा लगानी गर्नु बालुवामा पानी खन्याउनु जस्तै भएको उनको भनाइ छ ।





























प्रतिक्रिया