माल पाएर चाल नपाएपछि कोदोका गुण ओझेलमा, के केमा प्रयोेग गरिन्छ यस्को ? [भिडियाेसहित]

माल पाएर चाल नपाएपछि कोदोका गुण ओझेलमा, के केमा प्रयोेग गरिन्छ यस्को ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

बढी मेहनत गर्नु नपर्ने तर हरेक भूगोलमा फल्ने कोदो नेपालमा उपेक्षित बालीमा पर्छ। हिमालदेखि तराईसम्म हुने कोदो औषधीय गुणले भरिपूर्ण भएपनि महत्वमा नपर्दा यसकाे गुण ओझेलमा पर्दै गएको छ।

कोदो उत्पादनमा नेपाल विश्वको १३औं स्थानमा पर्छ ।

तर संयुक्त राष्ट्रसंघले नै सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष मनाउने घोषणा गरेपछि नेपाल सरकारले पनि सरकारको नीति तथा कार्यक्रमदेखि लिएर बजेटसम्म पनि यस्को बारेमा व्यवस्था गरेको छ । कोदोजन्य बालीको संरक्षण र प्रवद्र्धनमा बिभिन्न कार्य पनि सरकारले थालेको छ।

कोदो उत्पादनमा नेपाल विश्वको १३औं स्थानमा पर्छ । पछिल्लो तथ्यांक अुनसार नेपालमा सन् २०२० मा ३ लाख २० हजार ९ सय ५३ मेट्रिक टन कोदो उत्पादन भएको थियो । तर पनि नेपाल अझै पनि कोदो आयात गर्ने मुलुकमा पर्छ ।

यसैबीच कोदोको बारेमा जनचेतना जगाउन ‘कोदोको बहार : दिगो, पौष्टिक र स्वादिष्ट आहार’ नाराका साथ सोमबार काभ्रेको मण्डन देउपुर नगरपालिकामा तेस्रो कोदो दिवस मनाइएको छ । 

कोदोबाट बनेको घरेलु मदिरा ‘तीनपाने’ नामले प्रख्यात छ । तर कोदोको महत्व नबुझनेहरु भने एकले अर्कालाई गाली गर्दा पनि ‘कोदे’ भन्ने चलन समाजमा व्याप्त छ । 

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, अनाज नेपाल, मण्डन देउपुर नगरपालिका, खाद्य तथा कृषि संगठन (एफएओ), केयर नेपाल र मिलन महिला कृषक समूहको संयुक्त आयोजनामा मनाइएको कोदो दिवसमा कोदोको महिमाबारे प्रकाश पारिएको थियो ।

कार्यक्रममा एफएओका प्रतिनिधि अर्जुन थापा कोदोजन्य बालीको संरक्षण र प्रवद्र्धनमा एफएओले प्राविधिक सहयोग गर्दै आएको बताए । उनले कोदोजन्य बालीको विकासका लागि आफुहरु तीन तहका सरकारसँग सहकार्य गर्न तयार रहेको बताए । 

यस्तै, कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले कोदोजन्य बाली उत्पादनमा प्रोत्साहन गर्न १ सय ३३ वटा पालिकासँग मिलेर अनुदानसहित कार्यक्रम जारी रहेको बताए । उनले यस वर्ष १ सय ६७ गाउँपालिकामा कोदोजन्य बाली प्रवद्र्धनमा लागेको जानकारी पनि दिए । 
 
कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख समेत रहेका श्रेष्ठले कोदो र फापर जस्ता खाद्यान्नको अभावमा महिलाहरुले आइरन चक्की खानु पर्ने अवस्था आएको बताए ।

यस्तै, कृषि तथा पशुपंक्षी मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले कोदोजन्य बाली उत्पादनमा प्रोत्साहन गर्न १ सय ३३ वटा पालिकासँग मिलेर अनुदानसहित कार्यक्रम जारी रहेको बताए ।

उनले मोबाइलमा अल्मलिएका बालबालिकालाई बजारमा पाउने चाउमिन भन्दा कोदो र फापरबाट बनाइएका खिर, विस्कुट, पिज्जा खुवाउन सकिए उनीहरुको भविष्य स्वास्थ्यको दृष्टिकोणले पनि सुरक्षित हुने बताए । 
 
काभ्रेको मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर मगरले सबैले हेला गर्ने वस्तु कोदो जहाँ पनि फल्ने र स्वास्थ्यका लागि अति शक्तिबद्र्धक भएको बुझाउन नसकिएको बताए । उनले विज्ञता हासिल गरेको मानिस मन्त्री नहुँदा मुलुक वर्वाद भएको चर्चा गर्दै किसानको हित गर्ने सरकार अहिलेसम्म यो देशमा नबनेको दुखेसो पोखे । 

नेपालको रैथाने बालीमा पर्ने कोदोका ढिडो अहिले भने धेरै होटल र विदेशी शैलीका रेष्टुरेण्टहरुमा राख्न थालिएको छ । गाउँघरतिर भने कोदोलाई अझै पनि मदिरा र तोङ्वा बनाउन बढी प्रयोगमा ल्याइन्छ । कोदोबाट बनेको घरेलु मदिरा ‘तीनपाने’ नामले प्रख्यात छ । तर कोदोको महत्व नबुझनेहरु भने एकले अर्कालाई गाली गर्दा पनि ‘कोदे’ भन्ने चलन समाजमा व्याप्त छ । 

Logo