सुन तस्करी प्रकरणमा आवाज उठाउँदै आएका डा.सुनिल शर्मा एकै दिनमा रिहा [भिडियाे]

सुन तस्करी प्रकरणमा आवाज उठाउँदै आएका डा.सुनिल शर्मा एकै दिनमा रिहा [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद डा. सुनील शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बिहीबार उनकै निवास गल्फुटारबाट पक्राउ गरेको थियो।

पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई झन्डै ७वर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा बिहिबार सिआईबिको टोलीले पक्राउ गरेको हाे।

उनलाई पक्राउ गरेपछि काँग्रेसका भ्रातृ संस्थाहरु तरुण दल र नेपालविद्यार्थी संघले विरोध जनाएका छन्। दुवै संगठनले डा.शर्मालाई रिहागर्न मागसमेत गरेका छन् ।

सुन तस्कर र भ्रष्टाचारीलाई जेल हाल्नभन्दा उल्टै झुटा मुद्दामा पक्राउ गरेको भन्दै उनीहरुले सांसद शर्मालाई तत्काल रिहा गर्न माग गरेका हुन्। डा.शर्मालाई रिहाईको माग गर्दै काठमाडौँ लगायतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ।

पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुँदै आएका सांसद शर्मालाई झन्डै ७वर्ष अघिको नक्कली सर्टिफिकेट प्रकरणमा बिहिबार सिआईबिको टोलीले पक्राउ गरेको हाे।

नेपाली काँग्रेसले पार्टीको सांसद सुनिल शर्मा पक्राउ परेकोप्रति आपत्ति जनाएको छ। शुक्रबार बसेको पार्टीको संसदीय दलको बैठकले सांसद शर्मा पक्राउ अप्रत्यासित र आपत्तिजनक रहेको ठहर गरेको हो।

सुन तस्कर र भ्रष्टाचारीलाई जेल हाल्नभन्दा उल्टै झुटा मुद्दामा पक्राउ गरेको भन्दै उनीहरुले सांसद शर्मालाई तत्काल रिहा गर्न माग गरेका हुन्।

पार्टीको सांसद पक्राउ गर्नु अनुचित भएको र आइतबार बस्ने बैठकले धारणा सार्वजनिक गर्ने प्रमुख सचेतक रमेश लेखकले बैठकपछि जानकारी गराए। नेकपा एमालेका सांसद रघुजी पन्तले सांसद सुनिल शर्मालाई सुन प्रकरणलाई लिएर संसद भवनमा अनसन बस्छु भनेपछि पक्राउ गराइएको दावी गरेका छन्।

वकिलहरुले समेत दुई वर्ष म्याद नाघिसक्यो भनिसकेको अवस्थामा पक्राउ गर्नुमा ठूलो आशंका रहेको उनले बताए। अर्थमन्त्री र गृहमन्त्रीको विरुद्धमा समेत अनसन बस्छु भनेपछि सांसद शर्मा पक्राउ परेको उनले बताए। काँग्रेस नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन? भन्ने आशंका पनि व्यक्त गरेका छन्।

काँग्रेसकै चन्द्र भण्डारीले राजनीतिक प्रतिशोधमा सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोमा आपत्ति जनाएका छन्। सांसद भण्डारीले नचाहिने प्रतिशोधमा राज्यले आफ्नो समय खेर फालेको टिप्पणी गरेका छन्। 

बहालवाला सांसदलाई पक्राउ गर्नु अघि सभामुख र संसद सचिवालयलाई जानकारी गराउनुपर्ने नियम उल्लंघन गर्दै सीआईबीले शर्मालाई घरबाटै नियन्त्रणमा लिएको हो। 

गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन नियन्त्रणमा लिइएपछि नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै सांसद शर्माले बताउँदै आएका थिए। पक्राउ परेपनि शर्मा आफ्नो मुद्दामा अडिक छन्।
 
उनलाई शैक्षिक प्रमाणपत्रको विषय बनाएर पक्राउ गरिएको भएपनि अवैध सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे सँगै उनी सरकारको नजरमा परेका थिए।

सोही दिन अर्थमन्त्री समेत रहेका काँग्रेस प्रवक्ता प्रकाशशरण महतले आपत्ति जनाएका थिए भने गृहमन्त्रीले ७ वर्ष अघि नै निस्कृय भएको फाइल पुनःखोल्न लगाएका थिए।
 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र बिहीबार साँझ मात्र सभामुख देवराज घिमिरेलाई पठाएकी थिइन्।

काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको अध्यक्ष हुँदा डा.शर्माले २०७८ असार ११ गते माइती नेपालसँग सम्झौता गरी यौनकर्मी, एचआईभी संक्रमण पीडित तथा अनाथ बालबालिकालाई ५० लाख बराबरको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइ दिएका थिए।

अर्थमन्त्री र गृहमन्त्रीको विरुद्धमा समेत अनसन बस्छु भनेपछि सांसद शर्मा पक्राउ परेको उनले बताए। काँग्रेस नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन? भन्ने आशंका पनि व्यक्त गरेका छन्।

सामाजिक कार्यमा समेत संलग्न डा.सुनील शर्माले पछिल्लो समय माइती नेपाललाई एम्बुलेन्स प्रदानगर्ने घोषणा गरेका थिए । महिला तथा बालबालिका बेचविखन विरुद्ध काम गर्दै आएको माइती नेपालले स्वीकृति लिएको ७२ घण्टाभित्र एम्बुलेन्स खरिद गरिदिने सांसद शर्माले बताएका थिए।

उनले यस अघि पनिविभिन्न सामाजिक संघ संस्थालाई एक दर्जन बढी एम्बुलेन्स दिइसकेका छन् । पूर्वी पहाडी जिल्ला पाँचथर र कर्णाली प्रदेशको विकट जिल्ला कालीकोटमा पनि सांसद शर्माले एम्बुलेन्स दिएका छन्। 

Logo