कहाँ जान्छन् युवालाई बनाइएका योजना ? के भन्छन् सरोकारवाला निकाय ? [भिडियाेसहित]

कहाँ जान्छन् युवालाई बनाइएका योजना ? के भन्छन् सरोकारवाला निकाय ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई संयुक्त राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गर्‍यो। राष्ट्र सङ्घको निर्णय पछि सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालियो।

तर युवाका पक्षमा भएका नीति, नियम, कानुन, कार्यक्रम र हकका बिषयहरु अझै प्रभावकारी कार्यान्वयन हुन सकेन। युवाका लागी बनेका नीति,  नियम, र हक अधिकारका बिषयको मुद्दा अझै सम्बोधन हुन सकेका छैनन्। 

आज पनि त्यसैलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। तर युवा दिवस एउटा दिवसको रुपमा मात्रै सिमित रह्यो।
 
संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा राखियो। तर युवाका पक्षमा भएका नीति, नियम, कानुन, कार्यक्रम र हकका बिषयहरु अझै प्रभावकारी कार्यान्वयन हुन सकेन। युवाका लागी बनेका नीति,  नियम, र हक अधिकारका बिषयको मुद्दा अझै सम्बोधन हुन सकेका छैनन्। 

भनिन्छ, युवा राष्ट्रका गहना,भविष्यका कर्णधार, परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन्। तर नेपाली समाजमा युवाशक्तिको सही पहिचान नै हुन सकेन, युवाको क्षमताको सदुपयोग नै भएन। यसैकारण आज हाम्रा गाउँवस्ती युवाविहीन भएका छन्।

युवा नै अल्मलियो भने मुलुक पनि अल्मलिइरहने छ। त्यसैले युवाको सही उपयोग कसरी गर्ने ? युवामा सिर्जना र सकारात्मकतामा कसरी ल्याउने ? भन्ने बिषयमा राज्यको चासो हुन जरुरी छ। 

हिजो आज हरेकको उदेश्य नै वैदेशिक यात्रा हुन थालेको छ। यस्काे मुख्य कारण अस्थिर सरकारले युवालाई सधैँ अपरिपक्व,अदक्ष र कमजोर देख्नु हो । यो सोचलाई सुल्टो बनाई नेपाली राजनीतिक पार्टीका उच्चदेखि तल्लो तहसम्म युवाको जनसंख्याका आधारमा प्रतिनिधित्व गराउनु आजको मूल एजेन्डा हो। 

यतिमात्र नभइ रूपान्तरणका सबै आयाम, जस्तो कि राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय र शासकीय आयामलाई गतिशील बनाउन युवा वर्गको सार्थक सक्रियता बढाउन जरुरी छ।  युवा नै अल्मलियो भने मुलुक पनि अल्मलिइरहने छ। त्यसैले युवाको सही उपयोग कसरी गर्ने ? युवामा सिर्जना र सकारात्मकतामा कसरी ल्याउने ? भन्ने बिषयमा राज्यको चासो हुन जरुरी छ। 

हिजो आज हरेकको उदेश्य नै वैदेशिक यात्रा हुन थालेको छ। यस्काे मुख्य कारण अस्थिर सरकारले युवालाई सधैँ अपरिपक्व,अदक्ष र कमजोर देख्नु हो ।

अहिले अधिकांश युवा लक्षित भनेर ल्याइएका कार्यक्रममा समेत गैर युवावर्गको प्रतिनिधित्व भइरहेको छ। यसमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन। शनिबार पनि अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर विभिन्न कार्यक्रमहरु भएका छन्। कार्यक्रममा सरोकारवाला निकायका व्यक्तिहरुले विभिन्न दाबि र आश्वाशन सहितका आफ्ना धारणा व्यक्त गरेका छन्। 

Logo