फिफा महिला विश्वकपले नयाँ च्याम्पियन पाउँदै, स्पेन र इङ्ल्याण्डमध्ये कस्को पल्ला भारी? [भिडियाेसहित]

फिफा महिला विश्वकपले नयाँ च्याम्पियन पाउँदै, स्पेन र इङ्ल्याण्डमध्ये कस्को पल्ला भारी? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

एक महिने प्रतिस्पर्धात्मक प्रतियोगितापछि आइतबार अस्ट्रेलियाको सिड्नीले महिला विश्वकप २०२३ को विजेता पाउने छ।

एक महिने प्रतिस्पधाबाट स्पेन र इङ्ल्यान्डले संयुक्त रुपमा आइतबार उपाधिका लागि महाभिडन्त लड्न लागेका हुन्। स्पेन र इङ्ल्यान्डले पहिलो पटक विश्वकप ट्रफीका लागि प्रतिस्पर्धा गर्न लागेका हुन्। अर्थात आइतबार महिला विश्वकपले नयाँ विजेता पाउनेछ।

यसअघि इङ्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनल भन्दामाथि पुग्न सकेको थिएन भने स्पेन पनि विश्वकप प्रतियोगितामा राउन्ड अफ १६ भन्दा माथि पुग्न सकेको छैन।

पछिल्लो पटक यी दुई राष्ट्रको भेट एक वर्ष पहिले युरोपियन च्याम्पियनशिपको क्वार्टर फाइनलमा भएको थियो। सो खेल इङ्ल्याण्डले २-१ ले जितेको थियो। इङ्ल्याण्डका लागि सो खेलमा दुबै गोल ८० मिनेटपछि आएको थियो।

स्पेनले समुहचरणमा कोस्टारिकालाई ३-० र जाम्बियामाथि ५-० को सहज जित हात पार्दै उत्कृष्ट शुरुवात गरेको थियो। तर, समुहचरणको अन्तिम खेलमा जापानसँग ४-० को भारी गोल अन्तरले पराजय स्पेनलले प्रतियोगिताको फाइनलसम्म पुग्न निकै संघर्ष गरेको थियो। 

समुह चरणको अन्तिम खेलमा निराशाजनक नतिजा निकाले पनि स्पेनले अन्तिम-१६ मा स्विट्जरल्याण्डलाई ५-१ गोलले पराजित गर्दै विश्वकपमा पहिलो पटक नकआउट राउन्डमा पुग्न सफल भएको थियो।

यसअघि इङ्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनल भन्दामाथि पुग्न सकेको थिएन भने स्पेन पनि विश्वकप प्रतियोगितामा राउन्ड अफ १६ भन्दा माथि पुग्न सकेको छैन।

यस्तैगरी स्पेनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध १-१ को बराबरीपछि अतिरिक्त समयको १११औँ मिनेटमा सल्मा पारालुएलोले गोल गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको थियो। सेमिफाइनल खेलमा बलियो स्वीडेनविरुद्ध अन्तिम १० मिनेटमा दुई गोल गर्न सफल स्पेनले अर्को अव प्रवेशी टोली इङ्ल्याण्डसँगको भेट पक्का गरेको थियो।

यस्तैगरी स्पेनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध १-१ को बराबरीपछि अतिरिक्त समयको १११औँ मिनेटमा सल्मा पारालुएलोले गोल गर्दै सेमिफाइनल यात्रा सुरक्षित गरेको थियो।

इतिहासलाई हेर्ने हो भने अहिलेसम्म इङ्ल्याण्ड र स्पेनले  जम्मा ११ वटा खेलहरु खेलेका छन्। जहाँ स्पेनले दुई खेलमा विजयी र इंग्ल्याण्ड ६ खेलमा विजयी भएका छन्। यस्तै ३ खेल बराबरीमा टुङगिएको थियो।  

पछिल्लो पटक यी दुई राष्ट्रको भेट एक वर्ष पहिले युरोपियन च्याम्पियनशिपको क्वार्टर फाइनलमा भएको थियो। सो खेल इङ्ल्याण्डले २-१ ले जितेको थियो। इङ्ल्याण्डका लागि सो खेलमा दुबै गोल ८० मिनेटपछि आएको थियो।

इंग्ल्याण्डले सो संस्करणको युरो कपको फाइनलमा जर्मनीलाई हराउदै उपाधि जितेको छ। न्युजिल्याण्ड र अस्ट्रेलियाले संयुक्त आयोजना गरिरहेको प्रतियोगितामा स्पेनले समुहचरणमा १ खेलमा हार ब्यहोरेको छ भने इङ्ल्याण्डले प्रतियोगितामा हार व्यहाेरेको छैन। 

नाइजेरियासँग राउण्ड अफ १६ को खेल पेनाल्टीमा खेल्नु बाहेक इङ्ल्याण्डलाई कुनै पनि राष्ट्रले बलियो चुनौति दिन सकेको छैन। सन् २०२२ को युरो कप जितेको इङ्ल्याण्डको टोलीले लगातार दुई ठुला प्रतियोगिता जित्दै आफ्नो राष्ट्रको शानलाई उच्च बनाइ राख्न हर सम्भव प्रयास गर्ने छ, भने अर्कोतर्फ स्पेन पनि पहिलो पटक विश्वकप जित्दै आफ्नो अस्तित्व संसारलाई देखाउन चाहन्छ।

सन् २०२२ को युरो कप जितेको इङ्ल्याण्डको टोलीले लगातार दुई ठुला प्रतियोगिता जित्दै आफ्नो राष्ट्रको शानलाई उच्च बनाइ राख्न हर सम्भव प्रयास गर्ने छ, भने अर्कोतर्फ स्पेन पनि पहिलो पटक विश्वकप जित्दै आफ्नो अस्तित्व संसारलाई देखाउन चाहन्छ।

दुबै राष्ट्र प्रतियोगिता जित्ने लक्ष्यसहित आइतबार दिउसो ३ः४५ बजे अस्ट्रेलियाको सिड्नीमा उत्रदा संसारभरका खेलप्रेमीहरुको इङ्ल्याण्ड र स्पेनबीच हुने खेलमा हुनेछ। आइतबार इङ्ल्याण्ड र स्पेन जुन राष्ट्रले जिते पनि महिला विश्वकपले नयाँ विजेता पाउने भएकाले सिड्नीमा हुने प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र अविस्मरणीय हुने पक्का छ।  

Logo