नेपाली क्रिकेट टोलीले मंगलबार बिहान ६ः४५ बजे फेरि एकपटक टेष्ट राष्ट्र भारतविरुद्ध मैदानमा उत्रने भएको छ। चीनको हाङ्जाओमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो।
भारतसँग एसियाकपमा प्रतिस्पर्धा गरेको ठिक २९ दिनपछि नै नेपाली क्रिकेट टोलीले दोस्रो पटक भारतविरुद्ध मैदानमा उत्रन लागेको हो।भारतीय टोलीसँग ५० ओभरको खेल खेलिसकेको नेपाली टोलीले पहिलो पटक टि-२० आई खेल खेल्न लागेको हो। अघिल्लो महिना मात्रै नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारतसँग खेलेको थियो।
समुह चरणमा नेपालले आफूभन्दा निकै कमजोर टोलीहरुलाई सहजै हराएपनि असली परिक्षा भने भारती टोलीकाविरुद्ध नै हुने पक्का छ। भारतलाई एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दाबेदार राष्ट्रका रुपमा हेरिएको छ।
उक्त खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो। तर नेपालले भारतविरुद्ध ब्याटिङमा भने सानदार प्रदर्शन गर्दै विश्वको ध्यान केन्द्रित गरेको थियो। नेपाली टोलीले भारतीय राष्ट्रिय टोलीविरुद्ध ब्याटिङको निम्तो पाउँदै २३० रन बनाउन सफल भएको थियो।
नेपाली ब्याटरहरु एसियाकपमा भारतविरुद्ध निकै सफल भएका थिए भने बलिङमा भने नेपाल फेरि एक पटक चुकेको थियो। तर भारतमा जारी एक दिवसिय विश्वकपका कारण भारतले एसियाड खेल्न दोस्रो रोजाईको खेलाडी पठाएको छ।
भारतमा अक्टोबर ५ बाट सुरु हुने आईसीसी पुरुष एकदिवसीय विश्वकपका लागि भारतले रोहित शर्मा, विराट कोहली र अन्य जस्ता नियमित खेलाडीहरूलाई चीनको यात्रामा पठाएको छैन।
सोही कारण चीनको हाङ्जाओमा अधिकांश इन्डियन प्रिमियर लिग (आईपीएल)मा शीर्ष प्रदर्शन गर्ने खेलाडीहरू नै नेपालविरुद्ध मैदानमा उत्रने छन्। वर्ष २०२३ को आईपीएल विजेता क्लब चेन्नई सुपर किंग्सका २६ वर्षीय रुतुराज गायकवाडले भारतीय टोलीको कप्तानी गर्नेछन्।
आईपीएल २०२३ मा पञ्जाब किंग्सका लागि सर्वाधिक विकेट लिने बायाँ हाते तेज बलर अर्शदीप सिंहलाई टोलीमा समावेश गरिएको छ। वेस्ट इन्डिजविरुद्धको डेब्यु टेस्टमा शतक प्रहार गरेका यशस्वी जैसवाल पनि टोलीमा अटाएका छन्। साथै आइपीएलमा कोलकाता नाइट राइडर्सका लागि उत्कृष्ट प्रदर्शन गरेका रिंकु सिंह पनि पहिलो पटक टोलीमा अटाएका छन्।
एसियाली खेलकुदअन्तर्गत नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो। यी दुबै खेलहरुमा नेपालले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरु बनाएको थियो।
आईपीएल २०२३ मा पञ्जाब किंग्सका लागि सर्वाधिक विकेट लिने बायाँ हाते तेज बलर अर्शदीप सिंहलाई टोलीमा समावेश गरिएको छ।
समुह चरणमा नेपालले आफूभन्दा निकै कमजोर टोलीहरुलाई सहजै हराएपनि असली परिक्षा भने भारती टोलीकाविरुद्ध नै हुने पक्का छ। भारतलाई एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दाबेदार राष्ट्रका रुपमा हेरिएको छ।
यस्तो अवस्थामा नेपाली टोलीले भारतीय टोलीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनु फलामको चिउरा चपाउनु सरह हुनेछ। यसअघि दुई पटक एसियाली खेलकुद क्रिकेटमा भाग लिइसकेको भारतीय टोलीले एक पटक पनि उपाधि भने जित्न सकेको छैन, भने बंगलादेशले पहिलो र श्रीलंकाले दोस्रो संस्करणको एसियाली खेलकुद क्रिकेट जितेको छ। श्रीलंका डिफेन्डिङ च्याम्पियन पनि हो। अफगानिस्तान दुवै पटकको उपविजेता राष्ट्र हो।
क्वाटरफाइनलमा भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानले सोझै स्थान पाएका थिए। पाकिस्तानले क्वाटरफाइनलमा हङकङसँगै मंगलबार खेल्नेछ। बुधबार श्रीलंकाले अफगानिस्तानसँग क्वाटरफाइनल खेल्नेछ। त्यस्तै बुधबार नै मलेसियाले क्वाटरफाइनलमा बंगलादेशको सामना गर्दैछ।
नेपालले क्वाटरफाइनलमा भारतलाई हराएको खण्डमा पाकिस्तान र हङकङको विजेतासँग सेमिफाइनलमा भेट हुनेछ। मंगलबार बिहान हुने खेलमा नेपाल र भारत दुबैका लागि खेल जित्नु सिवाय अन्य विकल्प छैन।
दुबै राष्ट्रले जित निकाल्दै राष्ट्रका लागि मेडल जित्न चाहन्छन्। दुबै राष्ट्रले अहिलेसम्म यो प्रतियोगिता नजितेका कारण पहिलो पटक जित्दै एसियाली खेलकुदमा आफ्नो प्रभुत्व देखाउन उत्सुक छन्।
नेपालले क्वाटरफाइनलमा भारतलाई हराएको खण्डमा पाकिस्तान र हङकङको विजेतासँग सेमिफाइनलमा भेट हुनेछ।
यस्तो अवस्थामा मंगलबार हुने खेल निकै प्रतिस्पर्धात्मक हुने निश्चित छ। मंगलबारको नजिता जुन टोलीको पक्षमा आउछ उसले नै एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको उपाधि जित्ने सबैभन्दा प्रबल सम्भावना हुनेछ।





























प्रतिक्रिया