पैदलमार्गका लागि दुई अर्ब बढि खर्चिँदै काठमाडौँ महानगर, कहाँ-कहाँ हुँदैछ मर्मत ? [भिडियाे]

पैदलमार्गका लागि दुई अर्ब बढि खर्चिँदै काठमाडौँ महानगर, कहाँ-कहाँ हुँदैछ मर्मत ? [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

केही समय यता काठमाडाैँका सडकहरु सफा देखिनुका साथै कम सवारी जाम र सडकसँगै सडकका पेटी पहिलेको तुलनामा बढि मर्मतसंभार भएको देख्न सकिन्छ। 

चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार बजेट विनियोजन गरेको छ। 

बालेन साह काठमाडाैँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएसँगै काठमाडाैँका फुटपाथ व्यवसाय हटाएपछि सडकक्षेत्रहरुमा धेरै सुधार र सर्वसाधारणका लागि हिंड्डुल गर्न सहज भएको छ। अब भने महानगरको ठुलै बजेटमा  काठमाडाैँ भरीका सडकसंगै पैदल मार्गको सुधार प्रक्रिया पनि अगाडी बढ्ने भएको छ।

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा रु दुई अर्ब १५ करोड लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ। यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भइ काम सुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागले जनाएको छ। 

हाल महानगर क्षेत्रभित्र करिब एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ। यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ।

महानगरका अनुसार हाल वडा नं २६ लैनचौरबाट वडा नं १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ रु चार करोड ५५ लाखमा काम भइरहेको छ। वडा नं २६ लैनचौरबाट वडा नं २ को लाजिम्पाट, वडा नं ३ को महाराजगञ्ज हुँदै चक्रपथसम्मको खण्डका लागि रु १० करोडमा सम्झौता भइसकेको छ। 

बालेन साह काठमाडाैँ महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएसँगै काठमाडाैँका फुटपाथ व्यवसाय हटाएपछि सडक क्षेत्रहरुमा धेरै सुधार र सर्वसाधारणका लागि सहज भएको छ।

साथै वडा नं २८ को प्रदर्शनीमार्गमा काम सुरु भइसकेको छ। यसको लागत रु तीन करोड ७८ लाख रहेको छ। वडा नं ११ को त्रिपुरेश्वरदेखि वडा नं २२ सुन्धारा, वडा नं २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमल हुँदै वडा नं २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग रु १८ करोडमा सम्झौता भइसकेको छ। 

महानगरको वडा नं ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि रु ६ करोड ३५ लाखमा सम्झौता भएको छ। वडा नं ३२ को तीनकुनेदेखि वडा नं ९ सिनामङ्गल, त्रिभुवन विमानस्थल प्रवेशद्वार,सञ्चारग्राम,तिलगङ्गा हुँदै वडा नं ८ को गौशालासम्मका लागि रु ६ करोड ६९ लाखमा सम्झौता भएको छ। त्यसैगरी वडा नं १० नयाँ बानेश्वरदेखि वडा नं ९ पुरानो बानेश्वरसम्मका लागि रु तीन करोड २३ लाख बजेट विनियोजन गरिएको छ। 

वडा नंं २८ को बागबजारदेखि वडा नं २९ चारखाल, वडा नं ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक,सेतो पुल, वडा नं ९ को पुरानो बानेश्वर, वडा नं ३१ को भीमसेनगोलाहुँदै वडा नं ९ को सिनामङ्गल सडक खण्डका लागि रु १० करोड बजेट छुट्याइएको छ। 

साथै वडा नंं १३ को कालीमाटीदेखि सोल्टीमोड हुँदै वडा नं १४ को कलङ्कीसम्म,वडा नं ८ को गौशालादेखि वडा नं ७ को चावहिलसम्म,वडा नं ८ गौशालादेखि वडा नं ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड खर्च हुने अनुमान गरिएको छ।

महानगरका अनुसार हाल वडा नं २६ लैनचौरबाट वडा नं १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ रु चार करोड ५५ लाखमा काम भइरहेको छ।

अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम सुरु भइसकेको विभागले जानकारी दिएको छ। चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि रु सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार बजेट विनियोजन गरेको छ। 

Logo