टी-२० विश्वकप छनाेटका लागि यी राष्ट्रहरु बन्न सक्नेछन् तगारो, कस्तो छ नेपालको तयारी ? [भिडियाे]

टी-२० विश्वकप छनाेटका लागि यी राष्ट्रहरु बन्न सक्नेछन् तगारो, कस्तो छ नेपालको तयारी ? [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

नेपालले अबको चार सातापछि आफ्नै घरेलु मैदानमा आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत सिंगापुर, ओमान र मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

अहिले नेपाल सोही प्रतियोगिताको तयारीका लागि भारतको राजस्थान रोयल्स  एकेडेमीमा १० दिने हाइ पर्फमेन्स क्याममा प्रशिक्षण गरिरहेको छ।

सन् २०२४ मा सञ्चालन हुने टि-२० विश्वकपका लागि आयोजक राष्ट्र अमेरिका र वेष्टइन्डिजलगायत अष्ट्रेलिया, इङ्ल्याण्ड, इन्डिया, नेदरल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान, साउथ अफ्रिका, श्रीलंका अफ्गानिस्तान, बंगलादेश, आयरल्याण्ड, स्कटल्याण्ड, पपुवा न्यूगिनी र क्यानडा छनौट भइसकेका छन्। 

विश्वकप छनौट अघि नेपाली टोलीले युएई र हङकङ सम्मिलित टि-२० आई त्रिकोणात्मक सिरिज खेल्दैछ। असोज ३० देखी कार्तिक ९ गतेसम्म टियू र मुलपानी र क्रिकेट मैदानमा चल्ने उक्त प्रतियोगितापछि नेपालले ८ राष्ट्र सम्मिलित आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ।

‘ए’ र ‘बी’ गरी दुई समुहमा ४-४ राष्ट्रहरुलाई विभाजन गरिएको समुहमा समुह ‘ए’बाट नेपाल र ओमान र समुह ‘बी’बाट हंगकंग र यूएईलाई दावेदार राष्ट्रका रुपमा हेरिएको छ। समुह ‘ए’ र ‘बी’ बाट छनौट भएका दुई राष्ट्रहरुले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्ने छन्।

अहिले नेपाल सोही प्रतियोगिताको तयारीका लागि भारतको राजस्थान रोयल्स  एकेडेमीमा १० दिने हाइ पर्फमेन्स क्याममा प्रशिक्षण गरिरहेको छ। नेपाली क्रिकेटले पछिल्लो ८ महिनायता भारतीय प्रशिक्षक मोन्टी देशाइको आगमनपछि एकपछि अर्को सफलता हात पार्दै आइरहेको छ। २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै नेपाली क्रिकेट टोलीले यति ठुलो छलाङ्ग मारेको यो नै पहिलो पटक हो।

विश्व क्रिकेटका महारथी टोली भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रदर्शन गरिसकेको नेपाली टोलीले दुई सातापछि फेरि आफ्नै घरेलु मैदानमा सफलताको यात्रालाई निरन्तरता दिन तत्पर देखिन्छ।

लिग-२ बाट सुरु भएको नेपाली क्रिकेटको सफलताको कथा एसिसी प्रिमियर कपको विजेता हुँदै एसियाकप र हालै सम्पन्न एसियाडसम्म निरन्तर अघि बढिरहेको छ। निरन्तरको अभ्यास र प्रतिस्पर्धात्मक प्रतियोगिताबाट नेपाली टोली अहिले आफ्नो उत्कृष्टताको चरम बिन्दुमा रहेको छ। 

विश्व क्रिकेटका महारथी टोली भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रदर्शन गरिसकेको नेपाली टोलीले दुई सातापछि फेरि आफ्नै घरेलु मैदानमा सफलताको यात्रालाई निरन्तरता दिन तत्पर देखिन्छ। हालै सम्पन्न एसियाडमा मंगोलिया र मालदिभ्सविरुद्ध रेकर्डको वर्षा गरेको नेपाली टोलीले भारतविरुद्ध निकै प्रतिस्पर्धात्मक हार व्यहोरेको थियो। 

असोज १३ गतेदेखि सुरु हुने आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले पहिलो सिंगापुर, दोस्रो खेलमा मलेसिया र तेस्रो खेलमा ओमानको सामना गर्दैछ। यी तिनवटै राष्ट्रहरुसँग नेपालले दुई-दुई खेलहरु खेल्नेछ। 

सबै खेल नेपालको घरेलु मैदानमै हुने भएकाले नेपाल वर्ष २०२४ मा हुने टि-२० विश्वकपमा छनौट हुनेमा विश्वस्त छ। आफ्नो समुहमा आफूभन्दा निकै कमजोर राष्ट्रहरुलाई पाएको नेपालले प्लेअफमा भने समुह ‘बी’ का बलिया राष्ट्रहरु हंगकंग वा यूएईको सामना गर्नुपर्ने हुन्छ। 

नेपालले सन् २०१४ मा पनि पूर्वखेलाडी तथा कप्तान पारस खड्काको नेतृत्वमा पहिलो टि-२० विश्वकप खेलेको थियो। उक्त विश्वकपमा नेपालले हंककंग र अफ्गानिस्तानलाई हराउन सफल भएको थियो। 

नेपालले पछिल्लोसमय निरन्तर यी राष्ट्रहरुलाई हराउँदै आएकाले नेपालका अघि हंगकंग, यूएई र ओमान ठुलो चुनौती बन्न सक्ने सम्भावना निकै न्यून रहेको छ। नेपालले पछिल्लो ६-७ महिनादेखि देखाइरहेको प्रदर्शनलाई मात्र हेर्ने हो भने पनि नेपाल एसोसिएट्स राष्ट्रहरुमा बलियो बनेर निस्किएको छ। 

नेपालले सन् २०१४ मा पनि पूर्वखेलाडी तथा कप्तान पारस खड्काको नेतृत्वमा पहिलो टि-२० विश्वकप खेलेको थियो। उक्त विश्वकपमा नेपालले हंककंग र अफ्गानिस्तानलाई हराउन सफल भएको थियो। 

उक्त विश्वकपमा सहभागी एकमात्र खेलाडी अलराउण्डर खेलाडी सोमपाल कामी अहिले पनि राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीका रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन्। अझ पछिल्लो समय सोमपाल नेपाली क्रिकेटका सबैभन्दा भरपर्दा अलराउण्डर खेलाडीका रुपमा टोलीमा अटाइरहेका छन्। 

नेपालका लागि एसियाकप र एसियाडमा उत्कृष्ट खेल्न सफल कुशल मल्ल, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कप्तान रोहित पौडेललगायत खेलाडीहरु निकै फर्ममा रहेका छन्।

उक्त विश्वकपमा सहभागी एकमात्र खेलाडी अलराउण्डर खेलाडी सोमपाल कामी अहिले पनि राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीका रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन्।

सोही कारण नेपालले दुई सातापछि घरेलु मैदानमा सुरु हुने टि-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत शतप्रतिशत नतिजा निकाल्दै टि-२० विश्वकपमा स्थान बनाउने पक्का देखिन्छ।  

Logo