वरिष्ठ पत्रकार भैरव रिसालसँग १ रुपैयाँमा ६ माना चामल पाइँदासम्मको दसैंको सम्झना छ। भेडा,च्याङग्रा ७ देखि ९ मोहरसम्म पाइन्थ्याे। दसैं आएपछि पेटभरि मासु,चामलको भात खान पाइन्छ, भनेर हामी खुसी हुन्थ्यौँ।
पछिल्लो समय दसैंपनि आधुनिकताको नाममा खल्लो हुँदै गएको छ, पहिले दसैं आउदा जुन रमाइलो,चहलपहल हुन्थ्यो आजकाल हुँदैन।
सकभर घरकै सामानले पुर्याउने प्रचलन थियो,पैसा अनि सामान पनि प्रशस्त मात्रामा पाइदैन थियो। उनी भन्छन्,‘हाम्रो पालामा केटाको दसैंको लुगामा दौरा, सुरुवाल स्कोट हुन्थ्यो, भने महिलाहरुको पहिरनमा फरिया,खास्टो,पोटका लगायतका पहिरन हुन्थ्यो।
दसैंसँगै खेतीपातीका कामहरुपनि जोडिएर आउथ्याे, पुरुषको तुलनामा महिलाहरुलाई धेरै दुःख हुन्थ्यो,घरहरु लितपोत गर्ने काममा व्यस्त हुन्थ्ये। पुरुषहरु जुवा,तास,भकुण्डो खेल्न व्यस्त हुन्थ्ये।
उनी भन्छन् ‘हाम्रो पालामा दसैंसँगै खेतीपातीका कामहरुपनि जोडिएर आउथ्याे, पुरुषको तुलनामा महिलाहरुलाई धेरै दुःख हुन्थ्यो,घरहरु लितपोत गर्ने काममा व्यस्त हुन्थ्ये। पुरुषहरु जुवा,तास,भकुण्डो खेल्न व्यस्त हुन्थ्ये।
वरिष्ठ पत्रकार रिजाल भन्छन्,पछिल्लो समय त दसैंपनि आधुनिकताको नाममा खल्लो हुँदै गएको छ। पहिले दसैं आउदा जुन रमाइलो,चहलपहल हुन्थ्यो आजकाल हुँदैन। उमेरले ९६ औँ वसन्त टेकिसकेका वरिष्ठ पत्रकार रिसालको विगतको दसैं अनुभव, यस्तो छ।
हेर्नुहाेस्, भिडियाे-





























प्रतिक्रिया