हिन्दु धर्मावलम्बीहरुको महान् चाड विजया दशमी र तिहारमा परदेशमा रहेकाहरु समेत जन्मघरमा आउने गर्दछन् । परिवारसँगको भेटघाट र घुलमिलमा रमाउन स्वदेश फर्किनेहरु भन्दा यो वर्षको दशैंमा बाध्यताले विदेशिनेहरु बढी देखिएका छन् । रोजगारीको लागि परदेश गएकाहरु दसैंको उमंगसँगै अनुहारमा खुसी लिएर फर्किँदै गर्दा हजारौँ नेपालीहरु वैदेशक रोजगारीका लागि भन्दै दशैंको मुखैमा बाहिरिन बाध्य बनेका छन् । परदेशको कमाइले परिवारको गर्जो मात्र टरेको छैन परिवारका सदस्यका रहरहरु पनि पूरा भएका छन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनप्रतिदिन बढ्दै छ । तर वैदेशिक यात्रामा जानेहरुको अनुहारमा खुसी भने देखिँदैन । बरु चाडपर्वको रहर लुकाएर भएपनि परिवारको आवश्यकता टार्न बाध्यताको यात्रा रोज्नेहरु बर्षेनी बढि नै रहेका छन् ।
भिडियाे-





























प्रतिक्रिया