स्पिनर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका छन्। नेपालले सोमबार देखी टियु र मुलपानी मैदानमा हुने आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने टोली घोषणा गर्दा सन्दीप पनि टोलीमा समेटिएका हुन्।
सन्दीपले दुई साताअघि मात्रै सामाजिक सञ्जालमार्फत मानसिक रुपमा तयार नभएको र परिवारलाई पनि समय दिन चाहेको बताउँदै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको बताएका थिए।
सन्दीपको पेशी जिल्ला अदालत काठमाडौँमा जारी अवस्थामा रहेको छ। उनी लगातार पेशी सार्दै नेपाली टोलीबाट खेल्दै आएका छन् ।
त्यसैको कारण उनले हङकङ र युएईसँग त्रिकोणात्मक टि-२० आई सिरिज गुमाएका थिए। आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ।
समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन्। समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन्। फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि–२० विश्वकप खेल्न पाउने छन्।
सन्दीप लामिछाने टोलीमा परेसँगै लोकेश बम, सूर्य तामाङ, मौसम र सागर ढकाल भने टोलीमा अटाएनन्।
सन्दीप आउँदा नेपालको स्पिन आक्रमण मजबुत हुनेछ। सन्दीप विना नेपालले त्रिकोणात्मक सिरिजमा युएई र हङकङ दुबैलाई लिगमा हराएको थियो। तर फाइनलमा भने नेपाल युएईसँग चार विकेटले पराजित भएको थियो।
स्पिनर सन्दीप लामिछाने र ललित नारायण राजवंशी नेपालका प्रमुख स्पिन हतियार हुन्। यी दुई स्पिनरलाई दीपेन्द्र र कुशल मल्लले साथ दिनेछन्। पार्टटाइममा रोहित पौडेल र कुशल भुर्तेल पनि विकल्प हुन सक्छन्।
सन्दीपलाई गतवर्ष भदौमा १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको गम्भीर आरोप लागेको थियो। त्यसैको कारण उनले ९९ दिन हिरासतमा बिताउनु परेको थियो। उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्न आदेश दिएपछि गत फागुन महिना सन्दीप नेपाली टोलीमा फर्किएका थिए।
उक्त मुद्दाकाे अन्तिम फैसला अझै हुन सकेको छैन। सन्दीपको पेशी जिल्ला अदालत काठमाडौँमा जारी अवस्थामा रहेको छ। उनी लगातार पेशी सार्दै नेपाली टोलीबाट खेल्दै आएका छन् ।
आउदो १३ गतेदेखि सञ्चालन हुने आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताअन्तर्गत स्पिनर सन्दीप लामिछानेसहित रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ।
टी–२० आई त्रिकोणात्मक शृङ्खलाको टिममा रहेका ४ खेलाडीलाई बाहिर राख्दै विश्वकपका लागि नयाँ टिम घोषण गरिएको हो। सन्दीप लामिछाने टोलीमा परेसँगै लोकेश बम, सूर्य तामाङ, मौसम र सागर ढकाल भने टोलीमा अटाएनन्।
स्पिनर सन्दीप लामिछाने र ललित नारायण राजवंशी नेपालका प्रमुख स्पिन हतियार हुन्। यी दुई स्पिनरलाई दीपेन्द्र र कुशल मल्लले साथ दिनेछन्।
विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको खेल कीर्तिपुर र मुलपानीमा यही कात्तिक १३ गतेदेखि देखि सुरु हुँदैछ। नेपालले पहिलो खेल सिंगापुरसँग सोमबार खेल्ने तालिका रहेको छ।





























प्रतिक्रिया