टी-२० विश्वकपमा नेपाल छनाेट हुने सम्भावना कति ? कस्ता छन् प्रतिद्धन्द्धी ? [भिडियाेसहित]

टी-२० विश्वकपमा नेपाल छनाेट हुने सम्भावना कति ? कस्ता छन् प्रतिद्धन्द्धी ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

क्रिकेट इतिहासमा नेपालले सन् २०१४ मा बंगलादेशमा सम्पन्न भएको टी-२० विश्वकपमा पहिलोपटक सहभागिता जनाएको थियो।  पूर्वखेलाडी तथा हाल क्यानका सचिव समेत रहेका कप्तान पारस खड्काको नेतृत्वमा नेपालले उक्त विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।

विश्वकप लिग-२ का पछिल्ला १२ खेलमा ११ खेल जितेर विश्वकप छनोटमा सिधै प्रवेश गर्दा होस् या एसिसी प्रिमियर कप जितेर एसिया कपमा पुग्दा होस् नेपालले बलियो ब्याटिङ शक्तिकै कारणले जितेको थियो। 

यस्तै,तेस्रो तथा अन्तिम खेलमा आयोजक बंगलदेशलाई नेपालले १६ ओभरसम्म दाेहोर्याएको थियो। नेपालले उक्त प्रतियोगिता खेलेको पनि ९ वर्ष पुगिसकेको छ। त्यसयता भने नेपाल विश्वकपमा छनोट हुन सकेको छैन। 

लगातार तीन पटक विश्वकपमा छनोट हुन असफल भएको नेपालले सोमबारदेखि काठमाडौँमा सुरू हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया क्षेत्र छनोट खेल्दैछ। नेपाल चौथो प्रयासमा टी-२० विश्वकपमा फर्कने योजनामा छ। 

सन् २०२४ मा वेष्ट इण्डिज र अमेरिकाले संयुक्तरुपमा आयोजना गर्ने टी-२० विश्वकपका लागि कार्तिक १३ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने छनोट खेलमा एसिया क्षेत्रका ८ टिमले सहभागिता जनाउँदैछन्। 

जसलाई दुई समूहमा विभाजन गरिएको छ। छनोटमा सहभागी ८ टिममध्ये फाइनलमा पुग्ने शीर्ष २ टोली अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुनेछन्। नेपाल, युएई, ओमान र हङकङ यसका प्रमुख दाबेदार टोली हुन्।

दुई समूहमा विभाजन गरिएको खेलमा नेपाल समूह ‘ए’ मा परेको छ। जसमा नेपालसहित सिंगापुर, ओमान, मलेसिया रहेका छन्। समूह ‘ए’का सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ भने समूह ‘बी’मा यूएईसहित हङकङ, बहराइन र कुवेत रहेका छन्। 

समूह ‘बी’का सबै खेलहरु भने माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ। दुबै समूहमा शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् भने फाइनल पुग्ने दुई टिमले विश्वकपमा आफ्नो चूनौती पेश गर्ने मौका सुनिश्चित गर्नेछन्।

लगातार तीन पटक विश्वकपमा छनोट हुन असफल भएको नेपालले सोमबारदेखि काठमाडौँमा सुरू हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया क्षेत्र छनोट खेल्दैछ। नेपाल चौथो प्रयासमा टी-२० विश्वकपमा फर्कने योजनामा छ। 

सोमबारबाट सुरु हुने छनोट खेलका लागि नेपाली टिम तयार रहेको क्यानले जनाएको छ। नेपालले उपाधि आफ्नै पोल्टामा पार्दै विश्वकपमा स्थान पक्का गर्ने लक्ष्यका साथ मैदानमा उत्रिने खेलाडीहरु बताउँछन्। हाल नेपाली क्रिकेट टिम उच्च लयमा रहेको छ। नेपालले समुह चरणका सबै खेलहरु टियु क्रिकेट मैदानमा खेल्दैछ। यो मैदानलाई ब्याटिङ सहयोगी मानिन्छ। 

एसिसी प्रिमियर कपपछि हालै भएको त्रिकोणात्मक सिरिजको फाइनल पनि यहि मैदानमा सञ्चालन भएको थियो। त्रिकोणात्मक सिरिजको फाइनलमा तीव्र गतिका बलर र स्पिनरले राम्रो प्रदर्शन गरेका थिए।  टियुको पिच ब्याटिङ सहयोगी छ। नेपालले पछिल्ला ९ महिनामा जे जस्तो सफलता हात पारेको छ त्यो सबैको प्रमुख कारण ब्याटिङ नै हो।
 
विश्वकप लिग-२ का पछिल्ला १२ खेलमा ११ खेल जितेर विश्वकप छनोटमा सिधै प्रवेश गर्दा होस् या एसिसी प्रिमियर कप जितेर एसिया कपमा पुग्दा होस् नेपालले बलियो ब्याटिङ शक्तिकै कारणले जितेको थियो। 

पछिल्ला खेलको प्रदर्शनहरुलाई हेर्ने हो भने नेपाललाई निकै फाइदा रहेको छ। नेपाल टी-२० वरीयतामा छनोट खेल्नेमध्ये सबैभन्दा माथी अर्थात १६औँ स्थानमा छ।

यसरी हेर्दा नेपालले टियू मैदानमा आफ्नो पूर्ण क्षमताका साथ प्रदर्शन गर्नेछ। यस्तै नेपाली टोलीलाई घरेलु समर्थकको साथ र लगातार रुपमा प्रतियोगिता खेलिरहेका हुँदा खेलाडीहरु पनि उच्च फर्ममा रहेका छन्।

पछिल्ला खेलको प्रदर्शनहरुलाई हेर्ने हो भने नेपाललाई निकै फाइदा रहेको छ। नेपाल टी-२० वरीयतामा छनोट खेल्नेमध्ये सबैभन्दा माथी अर्थात १६औँ स्थानमा छ। बाँकी टिमहरुमा पनि खासै अन्तर छैन । यूएई १७औँ, ओमान २०औँ, हङकङ २१औँ, मलेसिया २५औँ, कुवेत २७औँ, बहराइन २८औँ र सिंगापुर ३६औँ स्थानमा छ।

यसरी हेर्दा नेपाली टोली अन्य प्रतिद्धन्द्धी राष्ट्रहरु भन्दा धेरै अर्थमा बलियो देखिन्छ। ९ वर्षअघि बंगलादेशमा सम्पन्न टी-२० विश्वकपमा सहभागी रहेका खेलाडीमध्ये हाल सोमपाल कामी मात्रै टोलीमा रहेका छन्।

एक दशकपछि पूनः विश्वकप खेल्ने सपना देखिरहेको नेपालीहरुले घरेलु मैदानमै विश्वकप छनोटका खेल हुनु कुनै सुनौलो अवसर भन्दा कम भएको छैन। यस्तोमा नेपालले हालै यूएईसँगको ४ विकेटको हार बिर्सिदै उच्च मनोबलका साथ दोस्रो पटक टी-२० विश्वकपमा सहभागी हुने लक्ष्यका साथ मैदानमा उत्रनु बाहेक नेपाली टोलीलाई अन्य बिकल्प छैन। 

नेपालका खेलहरु 
नेपाल भर्सेस सिंगापुर– कात्तिक १३– त्रिवि मैदान– विहान ९ बजे
नेपाल भर्सेस मलेसिया–  कात्तिक १४– त्रिवि मैदान– दिउँसो १ः१५ बजे
नेपाल भर्सेस ओमान– कात्तिक १६– त्रिवि मैदान– विहान ९ बजे
सेमिफाइनल १ (त्रिवि मैदान), विहान ११ बजे
सेमिफाइनल २ (मुलपानी), कात्तिक १७– विहान ११ बजे
फाइनल– कात्तिक १९– त्रिवि मैदान– विहान ११ बजे 

Logo