आज वि.सं २०८० कार्तिक २६ गते आइतबार २६ गते आइतबारदेखि मङ्सिर २ गतेसम्मको राशिफल । ज्योतिष शास्त्रका अनुसार ब्रह्माण्डमा कुल ९ ग्रह, सूर्य, चन्द्रमा, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतु छन् त्यसैगरी १२ राशी छन् । वैदिक ज्योतिषमा, जन्मको समयमा चन्द्रमा रहेको राशिलाई व्यक्तिको राशि भनिन्छ ।
हामी ग्रहस्थिति अनुसार साप्ताहिक राशिफल मूल्याङ्कन र भविष्यवाणी प्रदान गर्दछौं । साप्ताहिक राशिफलको मद्दतले तपाईले आगामी साता तपाईको लागि कस्तो रहनेछ, के नयाँ हुन सक्छ, तपाईको भाग्यले कति साथ दिनेछ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ, समयले सबै राशिका लागि मिश्रित प्रभाव ल्याउनेछ ।
तपाईंको राशि अनुसार थप योजनाहरू बनाउनुस । हामिले प्रदान गरेको उपायले तपाईंको यो साता राम्रो बित्ने छ । सबैलाइ सबै राशिका कुरा नमिल्न सक्छ, यो भविस्यबाणी ग्रह गोचरको आधारमा हुनेछ । यदि तपाईहरुले हामीले दिएको उपाय गर्नुभयो भने तपाईहरुको यो साता राम्रो बित्नेछ । सुरु गरौँ ज्योतिषी आचार्य श्री प्रकाश पौडेलद्वारा तयार पारिएको यो साताको राशिफल
राशिफलको सुरुमा मेष राशि
मेष राशि–
मेष राशि हुनेहरुका लागि यो साता धेरै चुनौतिहरूको सामना गर्नुपर्ने अवस्था छ । तर यदि तपाईंले त्यस समयमा धैर्यताका साथ सबै कुरा गर्नुभयो भने तपाई प्रत्येक समस्यालाई पार गर्न सफल हुन सक्नुहुनेछ । साताको मध्यमा चीजहरू तपाईंको पक्षमा हुनेछन् । राम्रो आम्दानी हुनेछ र केही नयाँ व्यक्तिहरूसँग भेटघाट हुनेछ । साताको अन्त्यमा समस्याहरू आउन सक्छन तपाईंको खर्च बढ्न सक्छ । तपाईका शत्रुहरूले तपाईलाई हानि पु¥याउने प्रयास गर्न सक्छन् । कसैसँग वादविवाद नगर्नुहोला ।
यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ‘घृणि सुर्याय नम’को हरेकदिन ५१ चोटी जप गर्दा राम्रो हुनेछ ।
बृष–
बृष राशि हुनेहरुका लागि यो साता नयाँ कामको थालनी गर्नको लागि राम्रो समय रहेको छैन । प्रस्ताव उपयुक्त छ कि छैन भनेर विचार गरेपछि मात्र परियोजना लिनुहोला । तपाईंको मन विचलित रहेर तनावमा हुने छ । धन आर्जन हुनेछ र यसले सकारात्मकता ल्याउनेछ । पहिला धोखा दिएकाहरू फेरि जिवनमा जोडिन सक्छन् उनिहरुसँग लेनदेन कारोबार नगर्नुहोला । व्यक्तिगत रूपमा, आफ्नो पार्टनरबाट अपेक्षाहरू राख्नबाट जोगिँदा राम्रो हुनेछ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि दिनमा एकपटक लक्ष्मी चालिसाका पाठ गर्दा फाइदा हुनेछ ।
मिथुन–
मिथुन राशि हुनेहरुका लागि यो साता रोकिएका कार्यहरू पूरा गर्न व्यवस्थापन गर्नुहुनेछ । तपाईको आम्दानी स्थिर रहनेछ । यो साता अनावश्यक खर्च हुनसक्छ । छोराछोरीसँग समय बिताउनुहुनेछ । तपाईं नयाँ व्यापार परियोजनाहरूको लागि साइन अप गर्न सक्नुहुन्छ । तपाईको परिवारले तपाईलाई साताभर सहयोग गर्नेछ । यात्रामा जाने सम्भावना रहेको छ । धनसम्वन्धी मामिलाहरुले तपाईलाई लाभदायक नतिजा दिनेछ । यो समय कुनै पनि आर्थिक निर्णय लिनको लागि सामान्य भन्दा बढी उपयुक्त देखिन्छ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि बिष्णु भगवानको नियमित पुजा पाठ गर्दा राम्रो हुनेछ ।
कर्कट–
कर्कट राशि हुनेहरुका लागि यो साताको सुरुमा काममा झगडा हुन सक्छ, मन विचलित हुनेछ । मंगलबारसम्म काममा सुधार आउनेछ । आम्दानीमा बृद्धि हुनेछ । तपाईंका सबै समस्याहरूको समाधान पाउनुहुनेछ । तपाईका विरोधीहरुले तपाईलाई हानि पुर्याउने प्रयास गर्न सक्छन् । धन प्राप्तिसँगै वरपरका मानिसहरूबाट पनि सहयोग मिल्नेछ । फलफूलको नियमित सेवन गर्नु तपाईको लागि धेरै राम्रो हुनेछ।आफ्नो आर्थिक अवस्था सुधार्न गाह्रो हुनेछ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि प्रतेक दिन‘ॐ नम शिबाय’मन्त्र जप गर्दा राम्रो हुनेछ ।
सिंह राशि –
सिंह राशि हुनेहरुका लागि यो साता तपाईका विरोधीहरु शान्त रहनेछन् । भाग्य तपाईको साथमा रहनेछ र तपाईको आम्दानी राम्रो हुनेछ । साताको मध्यमा तपाईका शत्रुहरूले समस्या सिर्जना गर्ने प्रयास गर्न सक्छन् तर समय तपाईको पक्षमा रहेको छ । काम वा धार्मिक कार्यको लागि यात्रा गर्नुपर्ने हुन सक्छ। तपाईं हातको शल्यक्रियाबाट पीडित हुन सक्नुहुन्छ वा तपाईंको काँधमा दुखाइ हुन सक्छ । तर यो साता तपाईंले आफ्नो विगतका गल्तीहरूको परिणाम भोग्नुपर्ने हुन सक्छ । कुनै पनि निर्णय गर्नुअघि घरका ठूला व्यक्तिहरूको सहयोग लिँदा लाभ मिल्नेछ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ‘ॐ नम शिबाय’को १०८ चोटी हरेक बिहान जप गर्दा राम्रो हुनेछ ।
कन्या–
कन्या राशि हुनेहरुका लागि यो साता आउँदा दिनहरूमा अचानक धन लाभ हुने सम्भावना छ । यस्तो अवस्थामा यो नाफाको थोरै अंश सामाजिक कार्यमा पनि खर्च गर्नुहोला । तपाईंले नयाँ कामको अवसर प्राप्त गर्नुहुनेछ । शुक्रबार समस्या आउन सक्छ । साताको अन्त्यमा आम्दानीमा कमी आउनेछ तर काम बढ्नेछ । आफ्नो काममा नियमित मेहनत गर्दा छिटै परिणाम मिल्ने सम्भावना रहेको छ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ‘ॐ गण गणपताय नम’को नियमित एकमाला जप गर्दा राम्रो हुनेछ ।
तुला राशि–
तुला राशि हुनेहरुका लागि यो साता तपाइँको राम्रो हुनेछ । परिवारले तपाईलाई पुरा सहयोग गर्नेछन् । आम्दानी बढ्नेछ । आगामी दिनमा धार्मिक कार्यमा लाग्नुहुनेछ वा नयाँ बाहान किन्नुहुनेछ । नयाँ कामको अवसर आउने तथा काममा बढुवा हुन सक्छ । तपाईको लागि चीजहरू राम्रो हुनेछन्, तपाईको अन्त्यमा कुनै समस्या आउने सम्भावना छैन । यो साता तपाईंलाइ नया काम वा ब्यापार गर्ने बाटो खुल्ने योग रहेको छ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि लक्ष्मी चालिसाको नियमित पाठ गर्दा राम्रो हुनेछ ।
वृश्चिक राशि–
वृश्चिक राशि हुनेहरुका लागि यो साता तपाइँको व्यक्तिगत र व्यावसायिक मोर्चामा केहि समस्याहरू आउने सम्भावना रहेको छ । यो साता खर्च बढ्ने र सवारी साधनको समस्या आउनेछ। चिन्ताजनक समाचार पनि आउन सक्छन्। काममा बाधा अड्चन आउनेछ । साताको अन्त्यमा कामको हिसाबले, चीजहरू राम्रो हुनेछन् । आफ्नो अनुशासन र कडा परिश्रमको बलमा कार्यस्थलमा हरेक कूटनीतिक रणनीतिलाई पछ्याउन सकिनेछ। पद बृद्धि तथा तलब बृद्धिमा सफलता मिल्न सक्छ । सबै कुरामा उत्साहपूर्वक भाग लिएर आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोला। नयाँ भवन वा जग्गामा लगानी गर्न सकिनेछ। स्वास्थ्यको दृष्टिले साताभर सावधान रहनुहोला चोटपटकको सम्भावना रहेको छ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित पाठ गर्दा राम्रो हुनेछ।
धनु–
धनु राशि हुनेहरुका लागि यो साता नकारात्मकताले तपाईलाई हावी गर्न सक्छ, त्यसैले तपाईले यसलाई तपाईमाथि हावी हुन नदिनुहोला । तपाईंले यस समय आफ्नो पैसा सही ठाउँमा लगानी गर्न आवश्यक छ, जसले तपाईंलाई फाइदा गर्नेछ र तपाईंको आर्थिक स्थितिमा धेरै सुधार हुनेछ । काममा अनावश्यक समस्या आउन सक्छ तर साताको अन्त्यसम्ममा सुधार आउनेछ । आकस्मिक आर्थिक लाभ हुने सम्भावना छ । आम्दानीमा पनि सुधार हुनेछ । ब्यक्तिगत क्षेत्रमा केही विवाद हुनसक्छ। तपाईलाई अपच वा दाँत दुख्ने समस्या हुन सक्छ। पढ्न बिदेश जानेहरुका लागि यो साता राम्रो रहने छ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ‘ॐ नम शिबाय’ मन्त्रको नियमित जाप गरेर सोमबार भगवान शिबलाइ जल चढाउँदा राम्रो हुनेछ ।
मकर–
मकर राशि हुनेहरुका लागि यो साता सुखद र शान्तिमय रहने छ। कामको लागि यात्रा हुन सक्छ । तपाईको आम्दानी स्थिर रहनेछ । काममा मानिसहरूले तपाईंलाई सम्मान गर्नेछन्। धार्मिक कार्यमा भाग लिन सकिनेछ। तपाईको बाटोमा आउने अवरोधहरुको बाबजुद तपाई विजयी हुनुहुनेछ । तर, अनावश्यक समस्या आउन सक्छन् । स्वास्थ्यका हिसाबले केही चिन्ताको सामना गर्नुपर्नेछ। तपाईले केहि अन्योल महसुस गर्न सक्नुहुन्छ । जसका कारण मन र दिमाग बिचलित हुन्सक्छ शान्त रहेर काम गर्नुहोला । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित एक पाठ गर्दा राम्रो हुनेछ ।
कुम्भ–
कुम्भ राशि हुनेहरुका लागि यो साता धेरै नयाँ काम आउनेछन् तर तपाईको भाग्यले तपाईलाई ती सबै पार गर्न मद्दत गर्नेछ । मेहनतको कदर हुने र आयस्रोतमा नाफा बढ्नेछ । रोकिएको पैसा फिर्ता आउने छ। यो साता साथीभाइसँग केही समय बिताउनुहुनेछ । तपाईको सबै योजना सफल हुनेछन् । शिक्षासँग सम्बन्धित मामिलामा बिदेश जानेलाइ राम्रो योग रहेको छ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि हनुमान चालिसाको नियमित जप गर्दा राम्रो हुनेछ ।
मिन–
मिन राशि हुनेहरुका लागि यो साता आम्दानीमा कमी आउने र समस्या वृद्धि हुनेछ । साताको मध्यमा,तपाईंले आफ्नो जीवनमा परिवर्तनहरू देख्नुहुनेछ, मानिसहरूले तपाईंलाई बिश्वास गर्नेछन् । सबै समस्याहरूको समाधान पाउनुहुनेछ । तपाईंले आफ्नो सपना पूरा गर्नुहुनेछ, परिवारले तपाईंलाई समर्थन गर्नेछन। यदि बेरोजगार हुनुहुन्छ भने, यो साता तपाईंले रोजगारीका धेरै राम्रा अवसरहरू प्राप्त गर्नुहुनेछ र साताको मध्यमा प्रतिस्पर्धात्मक परीक्षाहरूमा उल्लेखनीय सफलता पाउन सक्नुहुनेछ । यो हप्ता तपाईंको जिवनमा देखिएका समस्या समाधान गर्नका लागि ‘नमो भगवते बासुदेबाय नम’को नियमित जप गर्दा राम्रो हुनेछ ।





























प्रतिक्रिया