बढ्दो सवारी साधनको चाप, सडक दुर्घटना र पैदलयात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौंको बबरमहलमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा आएको एक साता भयो ।
काठमाडौं महानगरपालिकाले करिब १० लाख रुपैैँया लागतमा, पैदलयात्रु आफैले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि ‘पेलिकन क्रसिङ’प्रविधि प्रयोगमा ल्याएको हो । यो प्रविधि अनुसार पैदलयात्रुल बटन थिचेपछि ५ सेकेण्डमा सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसपट्टि हरियो बत्ती बल्ने र तोकिएको ४० सेकेण्डभित्र पैदलयात्रुले बाटो पार गरिसक्नुपर्ने छ । त्यसको केहीबेरमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ । पैदलयात्रुहरुले हरेक २ मिनेटमा एकपटक बटन थिच्न पाउनेछन् ।
पैदलयात्रुको सुरक्षालाई मध्यनजर गर्दै प्रविधिको प्रयोग गर्नु त सकारात्मक पक्ष हो । तर जडान गरिएको एक साता बितिसक्दापनि ट्राफिक लाइटको प्रयोग व्यवस्थित भएको भने देखिँदैन ।
विशेषगरी, काठमाडौं जिल्ला अदालतका वकिलहरु नै ट्राफिक लाइटको प्रयोग गर्नबाट चुकेका देखिन्छन् । उनीहरु बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिसम्बन्धी जानकारी नभएर भन्दापनि अटेर गरेर जथाभावी बाटो काटिरहेका देखिन्छन् ।
आम-सर्वसाधरणहरुमा पनि यस विषयमा अन्यौल छ । चेतनाको अभावमा उनीहरु जथाभावी बाटो काटिरहेका छन् । केही पैदलयात्रुले भने बटन थिच्नुभन्दा ट्राफिक नियमको पालना गरेको देखिन्छ । एक साता बितिसक्दा पनि महानगरले जेनेटरको व्यवस्था गर्न नसक्दा बत्ती जाँदा टफिक लाइट चल्दैन । जुन समयमा टफिक प्रहरी आफैँ अन्योलमा पर्दै पैदलयात्रुलाई बाटो काट्न सिकाउन बाध्य छन् ।
भिडियाे-





























प्रतिक्रिया