ललितपुरको गोदावरी भिलेज रिसोर्टमा भइरहेको एउटा विवाह,जहाँ तीनजना महिला पण्डितहरु एक-आपसको सहकार्य गर्दै रेखी,हवन, वाचनको काम गरिरहेका थिए।
विवाह सम्पन्न गराउन उनीहरु व्यस्त देखिन्थे। उनीहरुको सहकार्यले विवाहमा थप रौनकता छाएको थियो।समाजमा हुँदै आएका विवाहहरूमा यसरी महिला पण्डित विरलै देखिन्छन्।पण्डित भन्ने बित्तिकै पुरुषपात्र कल्पनामा आउने हाम्रो समाजमा महिला पण्डितहरुले सम्पन्न गराउन लागेको विवाहमा परिर्वतनको झल्को देखिएको थियो।
विवाह सम्पन्न गराउन निकै व्यस्त देखिन्थिन् २० वर्षिया पण्डित सुनिता लोककल्याणी। उनले यसरी विवाह सम्पन्न गराएको तेस्रो पटक हो। उनले यसअघि एकवर्ष पहिले धुलिखेलमा विवाह र त्यसपछि इन्गेजमेन्ट गराएकी थिइन्।
पण्डित भन्ने बित्तिकै पुरुषपात्र कल्पनामा आउने हाम्रो समाजमा महिला पण्डितहरुले सम्पन्न गराउन लागेको विवाहमा परिर्वतनको झल्को देखिएको थियो।
अहिलेसम्म गराएको ३ वटा विहेको मुख्य जिम्मेवारी लिएकी सुनिता आफ्नो कर्मप्रति गर्व लाग्ने बताउँछिन्। शास्त्री प्रथम वर्षमा अध्ययनरत उनी भन्छिन्, हामी पुरुष पण्डितसरहै विधिपूर्वक र आत्मविश्वासका साथ कर्म गर्न सक्छौँ।
त्यस्तै, २६ वर्षीया स्मृति टण्डनपनि विवाहमा पण्डितको भूमिका निर्वाह गर्दै थिइन्। उनी संस्कृतको ज्योतिषशास्त्र अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्।
संस्कृत अध्ययन गरेकाले, शिक्षाको व्यवहारिक रुपमा लागू गर्न पाउँदा उनी निकै खुसी देखिन्छिन्।उनीसँग सुरु–सुरुमा महिला पण्डित भनेर विश्वास नगरेपनि, आफूहरुको काम देखेपछि प्रसंशा गर्ने गरेको अनुभव छ।
सुनिता र स्मृतिसँगै १६ वर्षीया पण्डित तुलसा लोकल्याणी निकै खुसी हुँदै, विवाहको विधि पुरा गर्न जुटीरहेकी थिइन्। कक्षा १२ को परीक्षा दिएर बसेकी तुलसा पहिलोपटक विवाह गराउन आएकी हुन्।
उनलाई धर्म संस्कृतिको जगेर्ना हुने भएकाले संस्कृत पढ्न र पढेका कुरा व्यवहारमा उतार्न निकै राम्रो लाग्छ। भविष्यमा भागवत् वाचिका बन्ने सपना देखेकी उनलाई कहिलेकाही समाजको कुराले भने नराम्रो लाग्छ। उनलाई रजस्वलालाई लिएर, समाजले उनीहरुमाथि गरेको आलोचना फिटिक्कै मनपर्दैन। उनी भन्छिन्, धर्मशास्त्रमा नभएको विभेद समाजले गरिरहेको छ।
विवाहमा दुलहाको तर्फबाट पण्डितको रुपमा पुरुष थिए। पहिलोपटक महिला पण्डितहरुसँग सहकार्य गरेका उनीपनि निकै हर्षित देखिन्थे। उनी भन्दै थिए, लोप हुन लागेको हाम्रो संस्कार जोगाउन उहाँहरु लागिपरेको देख्दा खुशी लागेको छ।
सुनिता, तुलसा, स्मृति चितवनको देवघाटमा रहेको ,लोककल्याण सेवा प्रतिष्ठानद्धारा सञ्चालित श्रीराम जानकी बालिका आश्रमा बस्छन्।जुन अनाथलय आश्रममा विभिन्न समुदायका महिलालाई उनीहरूको जात र अन्य पृष्ठभूमिको पर्वाह नगरी संस्कृत सिकाइन्छ ।अहिले त्यहाँ ३६ जनाले संस्कृत पढिरहेका छन्।
ललितपुरको गोदावरी भिलेज रिसोर्टमा भइरहेको एउटा विवाह,जहाँ तीनजना महिला पण्डितहरु एक-आपसको सहकार्य गर्दै रेखी,हवन, वाचनको काम गरिरहेका थिए।
हालसम्मत्यही आश्रमका महिला पण्डितहरुलेमात्र विवाह गराउँदै आएका छन्। गोदावरीमा सम्पन्न भएको विवाह उनीहरुले गराएको चौथो विवाह हो।





























प्रतिक्रिया