एसिसी अन्डर-१९ एसियाकपअन्र्तगत नेपालले पाकिस्तान र अफगानिस्तान दुबैविरुद्धको खेलमा हार व्यहोरी सकेको छ। शुक्रबार पहिलो खेलमा पाकिस्तानविरुद्ध ७ विकेटको हार व्यहोरेको नेपालले आइतबार अफगानिस्तानविरुद्ध पनि ७३ रनले हार व्यहोरेको थियो।
दुबै खेलमा हार व्यहोरेको नेपाल मंगलबार हुने भारतविरुद्धको खेलमा सान्त्वना जितको खोजीमा रहेको छ। मंगलबार हुने खेल नेपाल र भारत दुबैका लागि गर या मरको हुनेछ।
मंगलबारको खेल दुबै राष्ट्रका लागि निकै महत्वपूर्ण भएकाले निकै कसिकसाउ बलिङ, ब्याटिङ र फिल्डिङको नमुना देखिन सक्छ।
सिनियर टोलीबाट खेलेका देव खनाल र गुलशन झाको ब्याटिङ नचलेपछि नेपालले समस्या झेल्दै आएको छ। सुरुवाती दुई हारले नेपालको सेमिफाइनल यात्रा निकै कठिन बनेको छ। तर नेपाल प्रतियोगितामा सेमिफाइनल दौडबाट बाहिरिएको भने छैन। नेपाल २ अंकका साथ सेमिफाइनल खेल्ने समिकरण बाँकी नै छ।
अंक तालिकामा पाकिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने, भारत २ खेलमध्ये १ मा जित र १ मा हारसहित २ अंकका साथ दोस्रो स्थानमा छ। यस्तै अफगानिस्तान पनि २ खेलमा १ मा जित र १ मा हारसहित २ अंककै साथ तेस्रो स्थानमा छ। नेपाल भने २ खेलमा अंक विहीन हुँदै पुछारमा छ।
अब नेपालको सेमिफाइनल यात्रा नेटरनरेटमा मात्र सिमित छ। किनकी नेपालले अब पाकिस्तानलाई पछि पार्न सक्दैन। त्यसैले अव भारत र अफगानिस्तानलाई पछि पार्दै सेमिफाइनल पुग्ने समिकरण नेपालसँग जीवितै छ।
यसका लागि सबैभन्दा पहिला नेपालले मंगलबार भारतमाथि विशाल जित हात पार्नुपर्छ। विशाल किन पनि भन्दा नेपालले जित हात पार्दा कम्तिमा भारतलाई नेटरनरेटमा पछि पार्नैपर्छ। अर्कोतर्फ मंगलबार हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानलाई हराउनुपर्छ।
एसिया कपअघि लगातार १० खेलमा जित हात पारेको नेपालले एसिया कपमा भने बलिङ, ब्याटिङ र फिल्डिङ तिनवटै क्षेत्रमा राम्रो प्रदर्शन गर्न सकेको छैन।
अब नेपालको सेमिफाइनल यात्रा नेटरनरेटमा मात्र सिमित छ। किनकी नेपालले अब पाकिस्तानलाई पछि पार्न सक्दैन। त्यसैले अव भारत र अफगानिस्तानलाई पछि पार्दै सेमिफाइनल पुग्ने समिकरण नेपालसँग जीवितै छ।
खेलाडीहरुको खेल कौशल हेर्दा अभ्यासको कमी र आफूभन्दा अनुभवी टोलीविरुद्ध रणनीतिमा चुकेको प्रष्ट देखिन्छ। टोलीका कुनै पनि ब्याट्सम्यान र बलरले उल्लेख्य प्रदर्शन गर्न नसक्दा पाकिस्तान र अफ्गानिस्तानविरुद्ध नेपाली टोलीले सहजै हारको सामना गरेको थियो।
तर मंगलबार हुने खेलमा नेपालले गुमाउनुपर्ने केही नभएकाले आफ्नो प्राकृतिक खेल पस्किन सक्छ। यस्तै अर्कोतर्फ एसिया कपको सर्वाधिक सफल टोली भारतका लागि भने नेपाललाई जित्नु सिवाय अन्य विकल्प छैन।
तर भारतविरुद्धको खेल नेपालका लागि सहज हुने छैन। नेपालभन्दा भारत निकै बलियो टोली हो। भारतविरुद्ध पछिल्लो ५ खेलमा नेपाल एक खेलमा मात्रै विजयी भएको छ । बाँकी ४ खेलमा नेपाल भारतसँग सहजै पराजित भएको छ।
सन् २०१७ मा आयोजित एसियाकपकै संस्करणमा नेपालले भारतलाई १९ रनले हराएर सेमिफाइनल प्रवेश गर्नु नै नेपालका लागि अहिलेसम्मको सबैभन्दा ठुलो उपलब्धी हो।
सिनियर टोलीबाट भारत र पाकिस्तानसँग खेलिसकेका गुल्सन झा र यू-१९ टिमका कप्तान देव खनालले पछिल्ला दुई खेलको ब्याटिङमा आफ्नो प्रभाव छोड्न सकेका छैनन्। झा. पहिलो खेलमा २ र कप्तान खनाल शुन्य रनमा आउट भएका थिए। यस्तै दोस्रो खेलमा झा १७ र खनाल २४ रन बनाएर पवेलियन फर्किएका थिए।
भारतसँगको अन्तिम तथा महत्वपूर्ण खेलमा यी दुई खेलाडीबाट नेपालले ठूलो अपेक्षा राख्नेछ। अफ्गानिस्तानविरुद्ध ९१ रन बनाएर फर्ममा आएका अर्जुन कुमाल भारतविरुद्ध अझ सशक्त रुपमा उत्रन सक्ने छन्।
किनकी भारतमै क्रिकेट सिकेका अर्जुन नेपालमा खेल नहुँदा अहिले पनि अभ्यासका लागि भारत नै जान्ने गर्छन्। यसले उनलाई भारतविरुद्ध खेल्न केही हदसम्म सहयोग पुग्ने पक्का छ।
यसैगरी भारतविरुद्ध नेपाली बलरहरुले निकै संयमित भएर बलिङ गर्नुपर्ने देखिन्छ। अफगानिस्तानविरुद्ध ७ विकेटको सहज जित हात पारेको भारतले पाकिस्तानविरुद्ध पनि पहिले ब्याटिङ गर्दै २५९ रन बनाउन सफल भएको थियो।
सिनियर टोलीबाट खेलेका देव खनाल र गुलशन झाको ब्याटिङ नचलेपछि नेपालले समस्या झेल्दै आएको छ।
नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध १५२ र अफ्गानिस्तानविरुद्ध १८८ रन मात्र बनाउन सक्यो। यसरी हेर्दा भारतको ब्याटिङ अर्डर नेपाल भन्दा निकै बलियो र उत्कृष्ट छ।
मंगलबारको खेल जित्दै नेपाल एसिया कपमा अघि बढ्न हरसम्भव प्रयास गर्नेछ भने भारत पनि ६ वर्ष अघिको हारको बदला लिनका लागि नेपालका सामु कुनै पनि कसर छाड्ने छैन। मंगलबारको खेल दुबै राष्ट्रका लागि निकै महत्वपूर्ण भएकाले निकै कसिकसाउ बलिङ, ब्याटिङ र फिल्डिङको नमुना देखिन सक्छ।





























प्रतिक्रिया