कतारी राजाको स्वागतमा सार्वजनिक बिदाः संस्कार कि चाकडी ?[भिडियोसहित]

कतारी राजाको स्वागतमा सार्वजनिक बिदाः संस्कार कि चाकडी ?[भिडियोसहित]

केन्द्रबिन्दु
56
Shares

कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि मंगलबार नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४७ वर्ष पुगेको छ भने कतारका अमिर शेख थानीले पहिलोपटक यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका हुन् ।

यसै शिलशिलामा सरकारको यो सार्वजनिक विदाको निर्णयमा अर्को पक्षले विरोध जनाएको छ । नेपालमा राजतन्त्र फर्काउने अभियानमा लागेको राप्रपाले त आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछ भन्ने टिप्पणी गरेको छ । यस विषयमा सामाजिक सञ्जालमा पनि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । अन्य देशबाट पाहुना आउँदा सरकारले सुरक्षा व्यवस्था कडा पार्नुुको साटो सार्वजनिक विदा नै दिनु कत्तिको जायज हो र यसले के कस्तो असहज उत्पन्न गर्छ भनेर केन्द्रविन्दु टोलीले सर्वसाधारण धारणा संकलन गरेको छ ।

Logo