गृहमन्त्री लामिछाने’वि’रु’द्ध’को रि’ट सर्वोच्चले गरेन दर्ता, कोरियन भाषा पास गर्नेलाई सुनौलो मौका[भिडियोसहित]

गृहमन्त्री लामिछाने’वि’रु’द्ध’को रि’ट सर्वोच्चले गरेन दर्ता, कोरियन भाषा पास गर्नेलाई सुनौलो मौका[भिडियोसहित]

केन्द्रबिन्दु
98
Shares

गृहमन्त्री लामिछानेले सहकारी संंचालकको नाममा रहेको सम्पत्ति विक्री गरेर भए पनि बचत रकम फिर्ता गर्ने प्रतिवद्धता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी संंचालकहरुले आफन्तको नाममा राखेको सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारले फास्ट ट्रयाकबाट सहकारीका समस्या समाधान गर्ने निर्णय लिएपछि शुक्रबार सहकारी पीडितले धन्यवाद दिन आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले साना बचतकर्तालाई प्राथमिकतामा राखेर सम्पत्ति रोक्का गर्ने, सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले भने,‘आफन्तको नाममा सम्पत्ति राखेको छु भनेर जोगिने सोचिरहेको होलान् । अब गृह मन्त्रालयले तथ्यांक निकाल्छ ।’ यो प्रकरणमा उनी आफैं स्वयं मुछिएका छन् ।

सहकारी प्रकरणमा उपराष्ट्रपतिका छोरा दिपेश पुन पुनः पक्राउ
सहकारी प्रकरणमा पक्राउ परेर कारागारमा रहेका पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन शुक्रबार धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको थियो । तर, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएको हो । सहकारीसँगै सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले उनलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।

आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने माधवकुमार नेपालको धम्की
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरे सत्ता गठबन्धनबाट बाहिरिने धम्की दिएका छन् । काठमाडौँमा आयोजना भएको एक कार्यक्रममा उनले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तै उस्तै रहेको टिप्पणी गर्दै सरकारलाई दम्भ नदेखाउन चेतावनी पनि दिए । साथै उनले देशको मौसमबारे एकिन केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्न नसक्ने अवस्था रहेको जिकिर गरे ।

राप्रपा पार्टी कार्यालयभित्रै नेता श्रेष्ठमाथि भएको आक्रमणमा संलग्न एक जना पक्राउ
गत २७ फागुनमा राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालयभित्रै नेता ठाकुरमोहन श्रेष्ठमाथि भएको आक्रमण घटनामा संलग्न एक जना पक्राउ परेका छन् । प्रहरी वृत्त महाराजगन्जको टोलीले कालिकोट घर भई निलोपुल बस्ने नीराजन बमलाई पक्राउ गरेको हो । उनी राष्ट्रिय प्रजातान्त्रिक युवा संघठन सदस्य सचिव हुन् । श्रेष्ठले पार्टीका उपाध्यक्ष विक्रम पाण्डेसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । घटनाको झण्डै दुई महिनामा एक आरोपी पक्राउ परेका हुन् । तर, उनलाई छुटाउन नेताहरूको दौडधुप चलेको छ ।

रेशम चौधरीलाई सर्वोच्चले मिसिल झिकाउन आदेश दियो
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा मिसिल झिकाउन आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले मिसिल झिकाउन आदेश दिएको हो। उनले टिकापुरमा सम्पन्न पार्टीको महाधिवेशनले आफूलाई अध्यक्ष बनाएको तर निर्वाचन आयोगले अध्यक्ष नस्विकारेको भन्दै आयोग र पार्टी अध्यक्ष तथा उनकी श्रीमती रञ्जिता श्रेष्ठविरूद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

आज इलाम–२ र बझाङ –१ मा उपनिर्वाचन हुँदै
निर्वाचन आयोगले वैशाख १५ गते अर्थात आज शनिबार इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा हुने उपनिर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात पनि सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसअघिका चुनावहरुमा अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट सवारी पास भएका गाडीहरु मात्र सन्चालन गर्न दिइन्थ्यो । तर यसपटक उपनिर्वाचनमा भने मतदाताको सुविधाका लागि मतदान केन्द्रसम्मै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन सन्चालन गर्न दिने निर्णय आयोगले गरेको हो ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दियो
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ । आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पत्तिको नोक्सानी व्यहोर्नुपरेको गुनासो आएका आयोजनाको विवरण माग गरिएको छ ।

सर्वोच्चले गृहमन्त्री लामिछानेविरूद्धको मुद्दा दर्ता गर्न अस्विकार गर्यो
सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्धको मुद्दा दर्ता गर्न अस्विकार गरेको छ । आफूलाई अभियन्ता बताउने सिन्धुलीका युवराज पौडेल सफलले गृहमन्त्री लामिछानेलाई पदबाट मुक्त गर्न भन्दै बुधबार दायर गरेको मुद्दा शुक्रबार सर्वोच्चका रजिष्ट्रार बिमल पौडेलले दर्ता गर्न अस्विकार गरेका हुन् । अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत प्रस्तुत रिट निवेदन दर्ता गर्न नमिलेको उनको भनाई छ ।

काठमाडौं वायु प्रदुषणमा विश्वकै एक नम्बरमा
काठमाडौं आज फेरि प्रदूषित सहरको सूचीमा विश्वकै एक नम्बरमा परेको छ । काठमाडौं उपत्यकामा शुक्रबार प्रदूषण बढेर उच्च विन्दुमा पुगेको हो । देशभर भइरहेको आगलागी, फोहोर र धुँवाधुलोका कारण नेपाल र विशेषगरी काठमाडौं उपत्यकाको आकाशमा प्रदूषणको एउटा लेयर नै तय भएको छ । आइक्यु एयरका अनुसार आज विहान काठमाडौँको प्रदूषणको दर १९४ मापन गरिएको छ । जुन मानव स्वास्थ्यका लागि हानीकारक अवस्था हो ।

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरूले अब रोस्टर परिवर्तन गर्न पाउने
कोरियन भाषा परीक्षा ईपीएस टपिक उत्तीर्ण गरेकाहरूले अब रोस्टर परिवर्तन गर्न पाउने भएका छन् । शुक्रबार एक सूचना जारी गर्दै ललितपुरको ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्र तर्फ कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्तिहरू ‘सर्भिस सेक्टर’ मा रोस्टर परिवर्तन गर्न पाउने जानकारी गराएको हो । योसँगै २०२४ डिसेम्बर ३१ सम्म रोस्टर अवधि रहेकाहरूले कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमूलक क्षेत्रबाट सर्भिस सेक्टरका परिवर्तन गर्न पाउने छन् ।

डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाखभन्दा बढी नगदसहित ७ जना पक्राउ
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाखभन्दा बढी नगदसहित प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । असन क्षेत्रमा तस्करीको सुनको अवैध कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसो काठमाडौं–२४ असनस्थित एक घरमा छापा हानेको थियो । पक्रउा परेका तीन भारतीय नागरिक र चार जना नेपालीलाई शुक्रबार सार्वजनिक गरिएको हो । परेकामध्ये गणेशदक्त बडू ७ वर्षअघि ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेर छुटेको व्यक्ति भएको खुलेको छ ।

मेयर्स फोरमले अर्थमन्त्री पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गर्यो
काठमाण्डौ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत् प्राधिकरणले तीन महिनाअघि पालिकालाई विद्युत् महसुलको बक्यौता तिर्न बिलसहित पत्राचार गरेको थियो । हाल काठमाण्डौ उपत्यका मेयर्स फोरमका अध्यक्ष एवम् ललितपुर महानगरवपालिकाका मेयर चिरीबाबु महर्जन नेतृत्वको टोलीले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मका विद्युत् महसुलको बक्यौता राफसाफ गरिदिन र अर्को वर्ष्देखि तिर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।

टीआर भिसा आवेदन दिन उमेर हद र समयावधिमा व्यापक परिवर्तन
अस्ट्रेलियामा विदेशी विद्यार्थीलाई अध्ययनपछि उपलब्ध गराउँदै आएको टेम्पोररी ग्र्याजुएट (टीआर) भिसा आवेदन दिन उमेर हद र समयावधिमा व्यापक परिवर्तन गरिएको छ । यसअघि अध्ययनपछि ५० वर्षसम्मका विद्यार्थीले टीआर भिसाको लागि आवेदन दिन पाउनेमा अब यसलाई १५ वर्ष घटाएर ३५ वर्ष पु¥याइएको छ । अस्ट्रेलिया सरकारले गरेको घोषणाअनुसार स्नातकोत्तर पढेको विद्यार्थीले तीन वर्षको टीआर पाइरहेकोमा यसलाई घटाएर दुई वर्ष बनाइएको छ । यो परिवर्तन आगामी जुलाई १ देखि लागू हुनेछ ।

दलका नेताको नाममा खेलकुद मन्त्रालयले राष्ट्रिय बजेट नछुट्याउने
युवा तथा खेलकुद मन्त्रालयले विभिन्न राजनीतिक दलका नेताको नाममा चलेका प्रतियोगितालाई राष्ट्रिय बजेट नछुट्याउने भएको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा मन्त्रालयले राजनीतिक दलका नेताको नाममा हुने खेलकुद प्रतियोगिताको बजेट काट्ने निर्णय गरेको हो । नयाँ आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले कुल १८ खर्बको सिलिङ तोक्दा युवा तथा खेलकुद मन्त्रालयको भागमा ३ अर्ब १९ करोड बिनियोजन गर्ने गरी योजनाहरु पेश गर्न भनिएको छ ।

Logo