गायक राजु लामा र अस्मिता अधिकारीको स्वरमा ‘देश निमार्णको संकल्प’ सार्वजनिक [भिडियोसहित]

गायक राजु लामा र अस्मिता अधिकारीको स्वरमा ‘देश निमार्णको संकल्प’ सार्वजनिक [भिडियोसहित]

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘देश निर्माणको संकल्प’ सार्वजनिक गरिएको छ ।

गीतकार प्रमिला बस्नेतको शब्द र धनु ज्ञाङ्गीले संगीत रहेको गीतको भिडियोमा राजु लामा र अस्मिता अधिकारीको नै अभिनय रहेको छ ।

मेगराज मगरातीको क्यामेरा सम्पादनमा बनेको भिडियोको कलर ग्रेडिङ्ग डिन्सन शाहले गरेका हुन् । गीतको भिडियोलाई क्यानडाबाट गीतकार प्रमिला बस्नेतकोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गीतकार बस्नेतले गीत मार्फत समृद्ध नेपाल बनाउनका लागि देश तथा विदेशमा रहेका सबै नेपाली एकजुट भएर नेपाल राष्ट्र निर्माणमा जुट्न अपिल गरेकी छिन् ।

Logo