प्रसिद्ध औषधि कम्पनी जोन्सन एन्ड जोन्सनले अमेरिकी राज्य न्यू ह्याम्पशायरलाई करिब तीन सय २३ करोड रुपैयाँ क्षतिपूर्ति दिन सहमत भएको छ । यो क्षतिपूर्ति राज्यका हजारौं मानिसको उपचार र कम्पनीको अफिमयुक्त लागूऔषधको लतबाट पीडितको उपचारको सट्टामा दिइनेछ ।
सन् २००० देखि दुखाइ कम गर्ने औषधिको रुपमा लिइँदै आएका अधिकांश वृद्धवृद्धा यसको चपेटामा परेका थिए । जोन्सन एन्ड जोन्सन र यसका सम्बद्ध कम्पनीहरू न्यू ह्याम्पशायरलगायत धेरै राज्यहरू र पीडितहरूले मुद्दा दायर गरेका छन्। न्यू ह्याम्पशायर फेब्रुअरीमा राष्ट्रिय सम्झौताबाट पछि हटेको थियो।
लागूऔषध, अन्य वैध ओपियोइड्स र अवैध लागूऔषधले सन् २००० देखि अमेरिकामा आधा मिलियन मानिसको ज्यान लिइसकेको छ। सन् २०१६ मा न्यु ह्याम्पशायरमा ५०० जनाको मृत्यु भएको थियो, जुन २००० मा भन्दा १० गुणा बढी थियो। यसका कारण अमेरिकी औषधि प्रवर्तनले राज्यलाई सबैभन्दा बढी प्रभावित भएको बताएको छ।





























प्रतिक्रिया