नवजात शिशुको नाम ‘पकोरा’

नवजात शिशुको नाम ‘पकोरा’

केन्द्रबिन्दु
0
Shares

तपाईंले आफ्नो बच्चाको नाम कुनै ठूला व्यक्ति, प्रसिद्ध ठाउँ, देवताको नाममा राखेको सुन्नु भएको होला।

तर तपाईंले कुनै खानेकुराको नाममा आफ्नो बच्चाको नाम राखेको देख्नु वा सुन्नु भएको छ ? छैन भने यो लेख अवश्य पढ्नु होला । बेलायत बस्ने एक अभिभावकले आफ्नो बच्चाको नाम ‘पकोरा’ राखेका छन् । 
बेलायती आमाबाबुले आफ्नो बच्चाको नाम ‘पकोरा’ राख्नुको कारण आफुहरुलाई यो परिकार धेरै मन पर्ने भएकाले आफ्नो बच्चाको नाम नै पकोरा राखेको बताउछन् ।

यो खबर सामाजिक सञ्जालमा आउन साथ तिब्र गतिमा सबैतिर भाइरल भइरहेको छ । मानिसहरु ती अभिभावकहरुले राखेको नामप्रति विभिन्न प्रकारका टिप्पणी गर्न थालेका छन् । आयरल्याण्डको न्यु टाउन स्थित एक रेस्टुरेन्टका क्याप्टेनले ती बच्चाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका हुन ।
रेस्टुरेन्टले आफ्नो फेसबुक पेजमार्फत बेलायती यी दम्पती धेरै पटक आफ्नो रेष्टुरेन्टमा आएको र उनीहरुले अहिले आफ्नो रेस्टुरेन्टमा पाइने परिकारको नामबाट नवजात शिशुको नाम राखेको बताउछन्।

उनले थप लेखेका छन्, ‘यदि तपाई यो कुन डिश हो भनेर सोचिरहनुभएको छ भने यो ‘पकोरा’अरु केही होइन, हामीले मनसुनमा चियासँग रमाइलो गर्दै खाने एक परिकार हो भनेका छन् ।’ 

रेष्टुरेन्टले नवजात शिशुको तस्बिर सेयर गर्दै लेखेको छ, ‘संसारमा स्वागत छ ‘पकोरा’ हामी तिमीलाई भेट्न पर्खिरहेका छौं ।’ रेस्टुरेन्ट मालिकले ती अभिभावकहरुले खाएको बिलको रसिद पनि साझा गरेका छन् । त्यसमा ‘पकोरा’ सहित केही परिकारका नाम छन् । 

Logo