भान्छामा भेटियो करोडौँ मुल्य पर्ने ‘सुनका सिक्का’

भान्छामा भेटियो करोडौँ मुल्य पर्ने ‘सुनका सिक्का’

केन्द्रबिन्दु
0
Shares

अक्सर मानिसहरू खजानाको खोजीमा यता–उता भौतारिरहन्छन् ।  

तर बेलायतमा एक जोडीले आफ्नो घरमा खजाना फेला पारेका छन् । उनीहरुले यो खजाना भान्छाको भुइँमा फेला पारेका हुन् । उत्तरी नर्थशायरमा बस्ने यी दम्पतीले भान्छामा २६४ सुनका सिक्का फेला पारेका छन् । जानकारहरुका अनुसार यी सिक्काहरूको मूल्य २ लाख ५० हजार पाउन्ड रहेको छ । नेपाली मुद्रामा यसको मूल्य करिब ३ करोड ६७ लाख रुपैया भन्दा बढी हुन आउछ । 

रिपोर्टका अनुसार यो जोडी विगत १० वर्षदेखि एलर्बी गाउँको यो घरमा बस्दै आएका थिए । १८औं शताब्दीमा बनाइएको आफ्नो भुइँ बोर्ड हटाउदा दम्पतीले ती सिक्का फेला पारेका हुन । यी सिक्काहरू धातुको भाँडोमा राखिएका थिए । उनीहरुको घरबाट फेला परेका ती सिक्का करिब ४ सय वर्ष पुरानो भएको बताइन्छ । सिक्का लिलामी गर्न लागेका स्पिङ्क एन्ड सनका ग्रेगरी एडमन्डले बजारमा यी सिक्काको बोली कस्तो छ भन्ने हेर्न चासोको विषय हुने बताए ।

सिक्कामा सन् १६१० देखि १७२७ सम्मको मिति लेखिएको छ । जानकारहरुका अनुसार, यो जेम्स प्रथम र चार्ल्स प्रथमको शासनकालमा बनाइएको सिक्का हो । ‘द टाइम्स’का अनुसार यी सिक्का कुनै व्यापारीको सम्पत्तिको हिस्सा हुन सक्ने बताउछन् । 

Logo