साइरस मिस्त्रीको निधनपछि आनन्द महिन्द्राले ट्विट गर्दै भने सिट वेल्ट अनिवार्य प्रयोग गर्नुस्

साइरस मिस्त्रीको निधनपछि आनन्द महिन्द्राले ट्विट गर्दै भने सिट वेल्ट अनिवार्य प्रयोग गर्नुस्

केन्द्रबिन्दु
0
Shares

टाटा सन्सका पूर्व अध्यक्ष साइरस मिस्त्रीको गाडी दुर्घटनामा निधनभएपछि महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्राले सिट वेल्ट प्रयोग गर्न सवैमाझ आह्वान गरेका छन् । 

मुम्बई–अहमदाबाद राजमार्गमा मुम्बई नजिकैको पालघरको कासा नजिक उनी सवार मर्सिडिज कार दुर्घटना हुँदा मिस्त्री सहित कारमा सवार अर्को एक जनाको मृत्यु भएको थियो । दुर्घटना हुँदा मिस्त्रीले सिट वेल्ट प्रयोग नगरेको समाचार वाहिर आएपछि महिन्द्राले ट्विटर मार्फत सवैजनाले सिट वेल्ट प्रयोग गनुपर्ने बताएका हुन् । 

कारमा सवार ४ जनामध्ये चालक र अगाडी बस्ने अर्को एकजना सकुशल रहेपनि पछाडी सिटमा वसेका मिस्त्री सहित अर्का एकजनाको घटनास्थलमै मृत्यू भएको थियो । मिस्त्री सवार कार अत्याधुनिक सेफ्टि फिचर्सले सुसज्जित भएपनि सिट वेल्ट प्रयोग नगरेकै कारण मृत्यू वरण गर्नुपरेको अनुमान लगाइएको छ ।

सिट वेल्टले संभावित क्षती कम गर्न मद्धत गर्ने भन्दै महिन्द्राले अगाडी वस्ने चालक र यात्रु सहित कारको पछाडी वस्ने सवैमाझ अनिबार्य प्रयोग गर्न आह्वान गरेका हुन् । कारमा सवार हुँदा आफूले समेत सधैं सिट वेल्ट प्रयोग गर्ने गरेको उनको भनाई छ ।

Logo