हालै सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ ।
भाइरल सो भिडियोमा चितुवा प्रहरी चौकी बाहिर हिँडिरहेको देख्न सकिन्छ । कुनै पनि देशमा केहि गलत भयो भने जनता प्रहरी चौकी जान्छन् । तर सार्वजनिक भिडियोमा कुनै अप्ठेरोमा परेको कुनै मान्छे भन्दा चितुवा प्रहरी चौकी पुगेको देखिन्छ ।
यो भिडियो सकित बडोला नामक एक ट्विटर युजरले सञ्जालमा सेयर गरेका हुन । उनले भिडियोको क्याप्सनमा लेखेका छन, ‘ब्रेकिङ न्यूजः प्रहरी चौकीमा धम्कीको भिडियो सार्वजनिक भएको छ ।’
भिडियोमा चितुवा प्रहरी चौकी भित्र आरामसँग हिँडिरहेको देख्न सकिन्छ । यो भिडियो कुन पुलिस स्टेसनको हो भने खुल्न सकेको छैन । तर सार्वजनिक भिडियो देखेर मानिसहरु अचम्ममा परेका छन् ।





























प्रतिक्रिया