३५ सय वर्ष पहिले इजरायलमा देवताहरूलाई अफिम चढाइन्थ्यो

३५ सय वर्ष पहिले इजरायलमा देवताहरूलाई अफिम चढाइन्थ्यो

केन्द्रबिन्दु
0
Shares

पुरातत्वविद्हरूले इजरायलको ३५ सय वर्ष पुरानो चिहानमा अफिमको प्रमाण फेला पारेका छन् । 

चिहानमा अन्वेषकहरूले कंकालसहितका धेरै भाँडाहरू भेट्टाए । यी भाँडाहरू अफिमले भरिएका थिए । अन्वेषकहरूले यो अफिमलाई देवताहरूलाई भेटीको रूपमा राखिएको बताउछन् ।
यो प्रमाण ईसापूर्व १४ औं शताब्दीमा कांस्य युगको चिहानमा भेटिएको हो । यहाँ अफिमको अवशेष भेटिएको छ, जसलाई बीउबाट क्याप्सुल प्रयोग गरेर बनाइएको थियो । ३५०० वर्ष पुरानो उक्त स्थानमा आधा दर्जनभन्दा बढी माटोका भाँडाहरूमा फेला परेको छन् ।

सन् २०१२ मा इजरायल पुरातत्व प्राधिकरण र वेइजम्यान इन्स्टिच्युट अफ साइन्सका पुरातत्वविद्हरूले उत्खननका क्रममा एउटा चिहान फेला पारेको थिए । यहाँ तिनीहरूले ४०–५० वर्षको बीचमा मरेका पुरुषको कंकालको अवशेष फेला पारेका हुन । सन् २०१७ मा उत्खननको क्रममा, अफिमले भरिएको माटोको भाँडा कंकाल नजिकै भेटिएको थियो ।

अनुसन्धानकर्ताहरुले २२ भाँडाहरूको रासायनिक विश्लेषण गरेका थिए । परीक्षणपछि अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि यसमा अत्यधिक मात लाग्ने औषधिको मात्रा थिए । केही भाँडाहरू साइप्रस टापुबाट आयात गरिएको थियो । अध्ययनका अनुसार भूमध्यसागरमा कम्तीमा ६ हजार वर्षको मध्यसम्म अफिमखेती रहेको थियो । यी प्राकृतिक रूपमा उत्पन्न भए र नियोलिथिक समुदायहरूले खेती गरेका थिए ।

अध्ययनका प्रमुख लेखिका भेनेसा लिनारेसका अनुसार सन् ‘२०१७ मा केही जारमा अफिम हुनसक्ने अनुमान गरिएको थियो । अध्ययनपछि त्यो सही साबित भयो । यद्यपि, अफिमलाई विशेष चिहानको हिस्सा किन बनाइयो भन्ने स्पष्ट कारण खुलिसकेको छैन । ऐतिहासिक दस्तावेजका अनुसार सुमेरियन पुजारीहरूले आध्यात्मिकताको उच्च अवस्थासम्म पुग्न अफिमको प्रयोग गर्थे । ऐतिहासिक दस्तावेजका अनुसार अफिम देवताहरूलाई भेटीको रूपमा चिहानमा चढाइन्छ । 

Logo