म्यानमारको अदालतले जापानी पत्रकारलाई सुनायोे १० वर्षको जेल सजाय

म्यानमारको अदालतले जापानी पत्रकारलाई सुनायोे १० वर्षको जेल सजाय

केन्द्रबिन्दु
0
Shares

म्यानमारको सैनिक अदालतले एक जापानी पत्रकारलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

सरकार विरोधी प्रदर्शनको भिडियो बनाएको आरोपमा पत्रकार पक्राउ परेका छन् । जापानी दूतावासका डेपुटी चिफ अफ मिसन तेत्सुओ किताडाले पत्रकारलाई विद्युतीय कारोबार कानूनको उल्लंघन गरेको आरोपमा सात वर्ष र उक्साहट गरेको आरोपमा तीन वर्षको जेल सजाय तोकिएको बताएका छन् ।

इलेक्ट्रोनिक लेनदेन ऐनले गलत वा उत्तेजक जानकारीको प्रसारमा संलग्न अपराधलाई समेट्छ। साथै, उत्तेजक सम्बन्धी कानूनले गडबडी गराउन सक्ने सबै कसुरहरूलाई समेट्छ। जुलाई ३०, २०२२ मा, उनलाई देशको सबैभन्दा ठूलो सहर याङ्गुनमा सादा पोसाकका प्रहरीहरूले कूविरुद्ध चलिरहेको विरोध प्रदर्शनको तस्बिर र भिडियो खिच्ने क्रममा पक्राउ गरेका थिए।

Skip This
Skip This
Logo