यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई


यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ । 

नोबेल छनोट समितिका अनुसार यस वर्षको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने भएको हो । एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक क्लिनिकल एक्युटीमा कैयौँ लेख लेखेकी छिन् । उनले फ्रेन्च, अङ्ग्रेजीमा कैयौँ उपन्यास पनि लेखेकी छिन् । 

‘लेख्नु एक राजनीतिक काम हो, यसले हाम्रो आँखा खोल्छ जसका कारण हामी सामाजिक असमानता देख्न सक्छौँ, एनी भन्छिन् । लेखिका एनीको जन्म सन् १९४० मा भएको थियो । उनी नरमेडीको छोटो सहर यवेटोटमा हुर्किएकी हुन् । जहाँ उनका आमाबुबा किराना पसल र क्याफे चलाउँथे । 

यो पुरस्कारको राशी एक करोड स्वीडिश क्रोनर अर्थात् नौ लाख १५ हजार अमेरिकी डलरभन्दा धेरै छ । सन् २०२१ को साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलराजक गुरनाहलाई दिइएको थियो । उनले उपनिवेशवादको प्रभाव, संस्कृतिलाई लिएर लेख लेखेका कारण यो पुरस्कार दिइएको थियो । 

Logo