अंटार्कटिकामा भेटियो १० लाख वर्ष पुरानो डिएनए

अंटार्कटिकामा भेटियो १० लाख वर्ष पुरानो डिएनए


पृथ्वीमा जीवनको शुरुवाट भएको कति भयो ? 

यो एउटा प्रश्नको जवाफ अहिलेसम्म चित्तबुझ्दो आएको छैन । यस प्रश्नको जवाफमा अक्सर नयाँ दावीहरू प्रस्तुत गरिन्छ । हालै वैज्ञानिकहरूले १० लाख वर्ष पुरानो डीएनएको टुक्रा फेला पारेका छन् । जसको मद्दतले पृथ्वीमा जीवनको उत्पत्तिको बारेमा नयाँ बहस सुरु गर्न सक्छ । अन्टार्कटिकाको उत्तरमा रहेको स्कटिया सागरको तलतिर वैज्ञानिकहरूले सो जैविक पदार्थको अंश फेला पारेका हुन् । तलछटमा पाइएको सो अंशलाई सेडाडिएनए भनिएको छ । भेटिएको सो अंशका कारण अन्टार्कटिकाको इतिहास र भविष्य बुझ्न मद्दत गर्न सक्ने वैज्ञानिक आँकलन छ ।

अस्ट्रेलियाको तस्मानिया विश्वविद्यालयकी समुद्री पारिस्थितिकीविद् लिंडा आर्मब्रेच भन्छिन् ‘यो अहिलेसम्मको सबैभन्दा पुरानो प्रमाणित समुद्री सेडाडिएनए हो । हालसम्म सेडाडिएनए गुफा, सवआर्टिक फर्माफ्रास्ट लगायत भिन–भिन्न वातावरणमा फेला परेका थिए । पहिले भेटिएका सेडाडिएनए ४ देखि ६.५ लाख वर्ष पुरानो थिए । चिसो तापक्रम, कम अक्सिजन, र युवी विकिरणको कमीले ध्रुवीय समुद्री वातावरण सिर्जना हुन्छ । जसले स्कोटिया सागरजस्ता स्थानहरूमा सेडाडिएनएलाई जोगाइ राख्न मद्दत गर्छ ।

बरामद गरिएको डीएनए सन् २०१९ मा समुद्रको पिधबाट निकालिएको थियो । डीएनए कति वर्ष पुरानो हो भनि पत्ता लगाउनका लागि प्रदूषण नियन्त्रण प्रक्रियाको प्रयोग गरिएको थियो ।

Logo