भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा खर्गे विजयी

भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा खर्गे विजयी

केन्द्रबिन्दु
0
Shares

भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्षमा माल्लिकार्जुन खर्गे विजयी भएका छन् ।

सोमबार पार्टी अध्यक्षका लागि भएको निर्वाचनमा शशि थरुर र खार्गेबीच प्रतिष्पर्धा भएको थियो । पार्टीको आन्तरिक निर्वाचनको दुई दिनपछि बुधबार मतगणना गरिएको थियो ।

कंग्रेस पार्टीका करिब ९ हजार प्रदेश प्रमुखले पार्टी अध्यक्षका लागि मतदान गरेका थिए । साे क्रममा खर्गेले ७ हजार ८९७ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्द्वी थरुरले १०७२ मत प्राप्त गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यसैबीच, निर्वाचनमा धाँधली भएको थरुरले आरोप लगाएका छन् ।

निर्वाचनमा खार्गेलाई गान्धी परिवारको ‘अनौपचारिक आधिकारिक उम्मेद्वार’ मानिएको थियाे, जसलाई ठूलो संख्यामा वरिष्ठ नेताहरूले समर्थन गरेका थिए भने थरुरले आफूलाई परिवर्तनको उम्मेद्वारको रूपमा खडा गरेका थिए । –एजेन्सी

Logo