दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड हुँदा कम्तीमा १ सय ५१ जनाको मृत्यु

दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड हुँदा कम्तीमा १ सय ५१ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

क्षिण कोरियाको राजधानी सिओलमा भागदौड हुँदा कम्तीमा पनि १ सय ५१ जनाको मृत्यु भएको छ । शनिवार राति हालविन इभ मनाउन जम्मा भएका युवायुवतीहरूको भिडमा मच्चिएको भागदौडमा १ सय ५१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

मृत्यु हुनेमा दुई जना विदेशी नागरिक पनि रहेका छन् । भागदौड किन मच्चियो भन्ने खुलेको छैन । कोरोना महामारीका कारण तीन वर्षसम्म हालविन इभ मनाउन नपाएका हजारौँ कोरियाली युवायुवती यसपालि निकै उत्साहका साथ सडकमा निस्केर इभ मनाइरहेका थिए । मध्यरातमा भएको भागदौडबाट ज्यान गुमाउनेमध्ये धेरैजसो युवायुवती नै रहेका खबरमा उल्लेख छ । 

कोरियाली सरकारले घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ ।

Skip This
Skip This
Logo