नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा बेलायत संलग्न रहेको रुसको आरोप

नर्ड स्ट्रिम ग्यास पाइपलाइन विस्फोटमा बेलायत संलग्न रहेको रुसको आरोप

केन्द्रबिन्दु
0
Shares

रुसी सेनाले नर्ड स्ट्रिम ग्यास पाइपलाइनमा भएको विस्फोटमा बेलायत  ‘संलग्न’ भएको आरोप लगाएको छ । 

ब्रिटिश सैन्य विशेषज्ञहरूले युक्रेनलाई मस्कोको ब्ल्याक सी फ्लीटमा ड्रोन आक्रमणको योजना बनाउन मद्दत गरेको पनि रुसी सेनाले आरोप लगाएको छ ।  रुसले कुनै प्रमाण दिएको छैन । तर, क्रेमलिनले बेलायतलाई मस्कोको सबैभन्दा शत्रुपूर्ण देशहरू मध्ये एक मान्छ । रुसी सेनाले युक्रेनमा हमला गरेपछि अमेरिकासँगै बेलायतले पनि किभलाई सहयोग प्रदान गर्दै आएको छ ।

‘ब्रिटिश नौसेनाको यस इकाईका प्रतिनिधिहरूले सेप्टेम्बर २६ मा बाल्टिक सागरमा आतंकवादी हमलाको योजना, प्रावधान र कार्यान्वयनमा भाग लिएका थिए, जसका कारण नर्ड स्ट्रिम १ र नर्ड स्ट्रिम २ ग्यास पाइपलाइन विस्फोट भएको थियो’ रुसी रक्षा मन्त्रालयले भनेको छ । 

यसैबीच, बेलायतले रुसी दावीहरूलाई खारेज गरेको छ । बेलायतको रक्षा मन्त्रालयले भनेको छ की क्रेमलिनका बनावटी कथनले पश्चिमको बारेमाभन्दा रूसी सरकारभित्र चलिरहेको बहसको बारेमा बढी बताइरहेको छ । रुसले विष्फोटको अन्तर्राष्ट्रिय अनुसन्धानमा भाग लिन पश्चिमा राष्ट्रहरूले अनुमति नदिएको बताएको छ ।
एजेन्सी

Logo