भारतमा गाईको गोबर छ्यापाछाप गरेर ‘गोरेहब्बा’ पर्व मनाए

भारतमा गाईको गोबर छ्यापाछाप गरेर ‘गोरेहब्बा’ पर्व मनाए


दक्षिण भारतको गुम्मातापुरा गाउँमा स्थानदेवता बीरेश्वर स्वामी गोबरमा जन्मिएको विश्वास गरिन्छ ।

त्यहाँ प्रत्येक वर्ष गोबर छ्यापाछाप गरेर ‘गोरेहब्बा’ पर्व मनाइन्छ । लक्ष्मीपूजा अर्थात् दीपावलीको भोलिपल्ट उक्त गाउँ र छेउछाउका मानिसहरू आफ्ना गोठबाट गोबरसहित भेला भएर उक्त पर्व मनाउँछन् ।

हिन्दू धर्ममा पवित्र मानिने गाईको गोबरमा औषधीय र कीटनाशक गुण हुने धेरैले विश्वास गर्छन् । तर चिकित्सकहरूले यसअघि कोभिडबाट बच्न त्यसको प्रयोग नगर्न चेतावनी दिएका थिए ।

Logo