जो वाइडेनले दिए डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता 

जो वाइडेनले दिए डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता 

केन्द्रबिन्दु
0
Shares

अमेरिकी नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्धलाई निरन्तरता दिएका छन् ।

उनले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्बन्धलाई निरन्तरता दिने निर्णय गरेका हुन् । यसअघि निवर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओसँगको सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका थिए ।

वाइडेनले ट्रम्पको गल्तीलाई सच्याएको रुपमा लिइएको छ । अघिल्लो राष्ट्रपतिको निर्णयलाई सच्याएकोमा डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले धन्यवाद दिएका छन् ।

Logo