दुबईस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफा नजिकैको एक भवनमा आगलागी भएको छ । सञ्चार माध्यमहरुका अनुसार ३५ तले भवनमा सोमबार बिहान आगलागी भएको हो । यस घटनामा कुनै मानवीय क्षती भएको सूचना भने आएको छैन।
सञ्चारमाध्यमका अनुसार आगो घण्टौसम्मको प्रयासपछि नियन्त्रणमा आएको थियो । भवनबाट धुवाँ निस्किएको मानिसहरूले बताएका छन्। तर, प्रहरी र भवनका अधिकारीहरुले भने आगलागीको पुष्टि गरेका छैनन् । यसअघि सन् २०१५ मा पनि बुर्ज खलिफा नजिकैको ‘एड्रेस डाउनटाउन’ मा आगलागी भएको थियो ।































प्रतिक्रिया