युक्रेनको खेरसनबाट रुसी सेना फर्किन मस्कोको आदेश

युक्रेनको खेरसनबाट रुसी सेना फर्किन मस्कोको आदेश

केन्द्रबिन्दु
0
Shares

युक्रेनी सेनाको जवाफी आक्रमणबीच रुसले आफ्नो अभियानलाई थप ठूलो धक्का दिँदै बुधबार दक्षिणी युक्रेनको खेरसन सहरबाट आफ्ना सेनालाई फिर्ता गर्न आदेश दिएको छ।

“सेना फिर्ता गर्न सुरु गर्नुहोस्,“ रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा रुसी कमाण्डर सर्गेई सुरोभिकिनसँगको टेलिभिजन बैठकमा भने । कमाण्डरले शहरबाट फिर्ता लिने र डिनिप्रो नदीको पूर्वी किनारमा प्रतिरक्षा स्थापना गर्ने “कठिन निर्णय“ प्रस्ताव गरेका थिए ।  खेरसन सहर रूसले आफ्नो “विशेष सैन्य अपरेसन“ को समयमा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो र फेब्रुवरी २४ मा आक्रमण सुरु भएदेखि मस्कोको सेनाद्वारा नियन्त्रित एक मात्र क्षेत्रीय राजधानी थियो ।
    
युक्रेनका सेनाले हप्तौंदेखि ब्ल्याक सी नजिकैको सहर जाने बाटोमा रहेका गाउँहरू कब्जा गर्दै आएका छन् र खेरसनमा क्रेमलिनद्वारा स्थापित नेताहरूले सर्वसाधारणलाई बाहिर निकालिरहेका छन्। तर, युक्रेनले रुसी घोषणाप्रति शंकास्पद प्रतिक्रिया दिएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले केही रुसी सेना सहरमा रहेको बताए ।

एजेन्सी

Skip This
Skip This
Logo