चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

केन्द्रबिन्दु
0
Shares

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । 

सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ सहस्राब्दीमा देशलाई परिवर्तनकारी युगमा डो-याउने पूर्व चिनियाँ नेता जियाङ जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको छ । उनी ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । 

जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति थिए । तियानमेन स्क्वायर दमनपछि उनले सत्ता हातमा लिए र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई विश्वव्यापी मञ्चमा एक पावर हाउसको रूपमा उभ्याउन नेतृत्व गरेका थिए । जेमिन नेपाल भ्रमणमा समेत आएका थिए ।

Skip This
Skip This
Logo