१३ मंसिर २०७८ सोमबार

0 Shares

आकाशमै विमानको टायर पड्किएपछि....

आकाशमा उडिरहेको विमानको टायर पड्किएपछि आकस्मिक अवतरण गराइएको छ ।

क्वान्टस एयरवेजको ‘क्युएफ २५१२’ विमान आइतबार अस्ट्रेलियाको ब्रिसबेनबाट उडान भरेको थियो । उडान भर्नासाथ पछिल्लो भागको बायाँतर्फको एउटा टायर पड्किएको थियो ।

विमानका ६ मध्ये पाँचवटा टायरका भरमा अवतरण गराउन जोखिम हुने भएपछि करिब डेढ घण्टासम्म विमानस्थलभन्दा केही परको आकाशमा विमानले फन्को मार्दै इन्धन रित्याएको थियो ।

अवतरणका लागिमात्र चाहिने इन्धन बाँकी रहेपछि विमानलाई विमानस्थलमा अवतरण गरेको थियो । विमान सकुशल अवतरण गरेको बताइएको छ । उक्त विमानमा ७६ जना सवार थिए । (एजेन्सी)

प्रकाशित: १३ असोज २०७६ ११:०९ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी