युएइसँगको विवादास्पद टापुलाई लिएर इरानले बोलायो चीनका दूत

युएइसँगको विवादास्पद टापुलाई लिएर इरानले बोलायो चीनका दूत

केन्द्रबिन्दु
0
Shares

अरब राज्यहरूसँग बेइजिङले एउटा विवादास्पद संयुक्त वक्तव्यलगायतका विषय जारी गरेपछि  इरानले चीनका राजदूतलाई बोलाएको छ ।

बेइजिङले तीन विवादित टापुहरूका साथ अरब राज्यहरूसँग विवादास्पद संयुक्त वक्तव्य जारी गरेपछि इरानले चिनियाँ राजदूतलाई बोलाएको हाे ।चाङ हुआलाई चीन र खाडी सहयोग परिषद् (जीसीसी) देशहरूको संयुक्त वक्तव्यप्रति 'कडा असन्तुष्टि' व्यक्त गर्न बोलाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता नासेर कनानीलले जानकारी दिए । 

चिनियाँ राष्ट्रपति सी जिनपिङले इरानको प्रतिद्वन्द्वी साउदी अरेबियाको भ्रमणका क्रममा जीसीसीदेशका नेताहरूसँग पनि भेट गरेका थिए। तिनीहरूले एक संयुक्त वक्तव्य जारी गरे जसमा इरानी मामिला, यसको आणविक कार्यक्रम र यसको क्षेत्रीय गतिविधिहरूसँग प्रत्यक्ष डिल गर्ने धेरै खण्डहरू थिए ।

स्ट्रेट अफ हर्मुजका तीन टापुहरू– ग्रेटर टुन्ब, लेसर टुनब र अबु मुसा –को स्वामित्वलाई लिएर तेहरानले चिनियाँ राजदूतलाई बोलाएको थियो । ती टापु सन् १९७१ देखि इरानद्वारा शासित छन् भने संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो क्षेत्रको अंशको रुपमा  दावी गर्दै आएको छ ।

अहिले युएइ रहेको उक्त क्षेत्रबाट ब्रिटिशले सशस्त्र फौजलाई फिर्ता गरेपछि इरानको तत्कालीन साहले ती टापुहरूमा शाही नौसेना पठाएको थियो ।इमिरेती नेताहरूले अन्य अरब राज्यहरूको समर्थनमा टापुहरू आफ्नो स्वामित्वमा राखेका छन्। इरानले यसलाई अस्वीकार गरेको छ । -एजेन्सी

Logo