इरान राष्ट्रसंघीय महिला अधिकार निकाय युएनसीएसडब्लूबाट निस्काशित

इरान राष्ट्रसंघीय महिला अधिकार निकाय युएनसीएसडब्लूबाट निस्काशित

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसंघले इरानलाई महिला अधिकारको निकायबाट हटाउने पक्षमा मतदान गरेको छ । 

अमेरिकाले तेहरानले महिला नेतृत्वको विरोध प्रदर्शनमा चरम दमनलाई लिएर राष्ट्रसंघले इरानलाई महिला अधिकारको निकायबाट हटाउने पक्षमा मतदान गरेको थियो । इरानी प्रजातन्त्र समर्थक कार्यकर्ताहरूले इस्लामिक गणतन्त्रलाई महिलाको अवस्थामा संयुक्त राष्ट्र आयोग (युएनसीएसडब्लू) बाट यसको २०२२ देखि २०२६ सम्म  बाँकी अवधिको लागि निष्कासनको स्वागत गरे । 

इरानका सहयोगी रुस र चीनले विरोध गरेको तथा वाशिंगटनको लागि कूटनीतिक विजयको रूपमा र संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको यो कदमलाई अपनाउनको लागि साधारण बहुमत आवश्यक थियो । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इसीओएसओसी)का २९ सदस्यले पक्षमा, आठ देशले विपक्षमा र १६ देशले अनुपस्थितिमा मतदान गरेका थिए । 

एजेन्सी

Skip This
Skip This
Logo