रकेट गोला प्रहार

रकेट गोला प्रहार

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाले आइतबार बिहान पूर्वी जलक्षेत्रतर्फ रकेट गोला प्रहार गरेको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले जनाएको छ।

कोरियाली जन सेनाको पश्चिमी क्षेत्रमा रहेको लामो दूरीको आर्टिलरी सब-एकाइले सुपर-लार्ज मल्टिपल रकेट लन्चर प्रयोग गरी फायरिङ गरेको केसीएनए  उल्लेख गरेको छ। रिपोर्टका अनुसार कोरियाले  शनिबार हतियार प्रणालीको परीक्षण गरेको एक दिनपछि गोलीबारी भएको हो। 

केसीएनए प्रतिवेदनले रकेट लन्चरहरूको लडाइ प्रदर्शनको प्रशंसा गरेको छ ।  यसैगरी शनिबार प्रक्षेपणकर्ताहरूले प्रहार गरेको तीनवटा गोलाले पूर्वी जलक्षेत्रमा रहेको टापुमा प्रहार गरेको पनि बताएको छ। -सिन्ह्वा

Skip This
Skip This
Logo