वीरगंजमा एकैदिन १४२ जना नयाँ संक्रमित थपिए

वीरगंजमा एकैदिन १४२ जना नयाँ संक्रमित थपिए


वीरगंज।

पछिल्लो समय कोरोना संक्रमित उच्च देखिएको पर्साको वीरगंजमा आज एकै दिन १४२ जना नयाँ संक्रमित भेटिएका छन् ।

सेना, प्रहरी र चिकित्सक गरि १४२ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । यस अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको बताइएको छ ।

वीरगंजमा एकैपटक यति ठूलो संख्यामा कोरोना देखिएको यो पहिलो पटक हो । संक्रमित मध्ये १७ जना महिला छन् ।

वीरगंजमा साउन यता मात्र १० जनाको मृत्यु भइसकेको छ भने यहाँ ७ सय भन्दा बढी संक्रमित देखिएका छन् । विगत एक हप्ता देखि वीरगंजमा निषेधाज्ञा जारी गरिएको छ ।

Logo