रुसी सेनाको मिसाइल आक्रमणबाट युक्रेनको एक अपार्टमेन्टमा ३० जनाको मृत्यु

रुसी सेनाको मिसाइल आक्रमणबाट युक्रेनको एक अपार्टमेन्टमा ३० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

युक्रेनको निप्रो सहरस्थित एक अपार्टमेन्टमा रुसी सेनाले गरेको मिसाइल आक्रमणमा मृत्यु हुनेको संख्या ३० पुगेको छ। 

आक्रमणपछि अपार्टमेन्टबाट उद्धार गरिएकामध्ये ३० जनालाई अस्पताल भर्ना गरिएको छ। जसमध्ये १२ जनाको अवस्था गम्भीर छ। यो अपार्टमेन्टमा अझै ३० देखि ४० जना हराइरहेको अधिकारीहरुले जनाएका छन्। 

उनीहरुको खोजी जारी रहेको र जिवितै निकाल्न सकिने सम्भावना न्यून रहेको निप्रो सहरका मेयर बोर्यस फिलाटोभले बताए। उनले मृत्यु हुनेको संख्या दर्जनौँ पुग्न सक्ने बताए। आपतकालीन उद्धारकर्ताहरुका अनुसार मध्ये–पूर्वी युक्रेनको निप्रो सहरमा रहेको उक्त नौ तले अपार्टमेन्टको भग्नावशेषभित्र मानिसहरु चिच्याएको सुनिएको बताएका छन्। 

अत्यधिक चिसोका कारण उद्धारको कार्य प्रभावित भएको अधिकारीहरुले जनाएका छन्।

Skip This
Skip This
Logo